धनगढी- कैलालीको भजनीबाट ३३ किलो लागुऔषध (खैरो हिरोइन)सहित एक जना युवक पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी निरीक्षक मानसिंह ऐरीको कमाण्डमा खटिएको गस्ती टोली र आरटीआईको टोलीले भजनी नगरपालिका वडा नं. ७ चर्राबाट २३ वर्षीय ईन्द्रबहादुर कठरियालाई पक्राउ गरेको हो ।
उनलाई शुक्रबार राति ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।













