धनगढी- सुदूरपश्चिम प्रदेशमा सोमबार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सात सय ६८ जनामा एन्टिजेन परीक्षण गर्दा १६ जना र पीसीआर बिधीबाट ३३ जनाको परीक्षण गर्दा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा १७ जना कैलालीका, दुई जना कञ्चनपुर र एक बैतडीका रहेको निर्देशनालयले जनाएको छ।














