धनगढी- कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका–२ तेघरी बस्ने २२ वर्षीय सुरेश भट्ट र अमृत ओलीलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीकाअनुसार उनीहरुको साथबाट ४०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














