धनगढी- नेपाली बजारमा आज सुनको मूल्य तोलामा थप एक हजार रुपैयाँले बढेको छ । मंगलबार १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख १० हजार ८ सय रुपैयाँ पुगेको छ ।
यस्तै चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।













