काठमाडौं– शराब घोटालामाथि अनुसन्धान जारी रहेका बेला दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप) संयोजक अरविन्द केजरीवाल समेत घोटालामा मुछिएका छन् ।
दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया १७ नोभेम्बर २०२१ मा दिल्ली सरकारले ल्याएको शराब नीतिमा फसेर सिसोदिया थुनामा छन् । विवादित शराब नीतिकै सिलसिलामा मुख्यमन्त्री केजरीवालले शराब कारोबारीसँग भिडियो कल गरेको रहस्य खुलासा भएको छ ।
अनुसन्धानकै सिलसिलामा १६ अप्रिलमा मुख्यमन्त्री केजरीवालले बयान दिनुपर्ने भएको छ । हालसम्म केजरीवाल घोटालामा मुछिएका थिएनन् ।
सीबीआईले १७ अगस्त २०२२ मा मुद्दा दर्ता गरेर घोटालाको अनुसन्धान गरिरहेको छ । घोटालाको आरोप लागेपछि मुख्य सचिवले गरेको अनुसन्धान प्रतिवेदन दिल्लीका एलजी वीके सक्सेनालाई बुझाइएको थियो । प्रतिवेदनमा शराब घोटाला भएको ठहर गरिएको थियो । प्रतिवेदनकै आधारमा सीबीआईले अनुसन्धान गरिरहेको छ ।
मुख्यमन्त्री केजरीवालले शराब कारोबारीसँग आफैं भिडियो कल गर्दै कुराकानी गरेको बाहिरिएको छ । भिडियो कलमा उनले शराब कारोबारीलाई दिल्ली आएर काम गर्न भनेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी













