धनगढी- कैलालीको घोडाघोडी नगरपालिकामा–२ तले घरमा आगलागी भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–२ साडेपानी बस्ने कृष्ण बिस्टको काठले बनेको २ तले ४ कोठे टायलले छाएको कच्ची घरमा आगलागी भएको हो ।
घर नजिकै खेतमा गहुँको काटेको नलमा लगाएको आगोबाट हावाको कारणले एक्कासि घरमा सल्किन गई घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए ।
आगलागीबाट घर भित्र रहेको खाद्यान्न, लुगा, भाँडाकुँडा, काठ पात, सुनको तिलहरी गरी जम्मा अन्दाजी दुई लाख ५० पचास हजार बराबरको क्षति भएको उनले बताए ।
अस्थायी प्रहरी पोस्ट साडेपानी बाट प्रहरी सहायक निरीक्षक महेश कुमार कार्कीको कमान्डमा खटिएको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।













