कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा वडा नम्बर ५ बनसमितिबाट ४ जनालाई पक्राउ गरेको हो। वनसमितिस्थित पुर्ब पश्चिम राजमार्गमा संकास्पद रुपमा पैदल हिडिरहेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कञ्चनपुर शुक्लाफाटा नगरपालिका ५ बनसमितिका शुनिल बोहोरा, भिमदत्त २ का बसन्त जोशि, भारतको बरेली कान्द्रापुरका हनमोल गुप्ता र भारतको बरेलीस्थीत चनहिटिग्रामका रुपेन्द्र मौरीयालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीहरुले बोकेको कालो रङको झोला चेकजाँच गर्दा भित्र लुकाईराखेको अवस्थामा २ केजी ४ ग्राम लागुऔषध चरेश भेटिएको हो।
यस्तै उनीहरुको साथबाट नगद २८ हजार ५०० नेपाली रुपैँया बरामद गरिएको छ। लागुऔषध चरेश, नगदसहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।














