• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

सिकलसेल अस्पताल निर्माणमा युवा

  •   आइतबार, बैशाख १०, २०८० मा प्रकाशित

घोडाघोडी- पश्चिम नेपालका युवा सिकलसेल एनिमिया सामुदायिक अस्पताल सञ्चालन गर्ने जमर्को गरिरहेका छन् । सुदूरपश्चिमका तराई क्षेत्रमा सिकलसेलको समस्या रहेको छ । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङलगायतका युवा मिलेर अहिले सिकलसेल सामुदायिक अस्पताल सञ्चालन गर्न सरकार र दातृ निकाय गुहारिरहेका छन् ।

सिकलसेल रोगबाट प्रभावितको सहज उपचारका लागि दाङका जीवराज चौधरीको अध्यक्षमा निर्माण गरिएको ५३ सदस्यीय युवा समूहले सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र स्थापनाका लागि पहल गरिरहेको छ । अध्यक्ष चौधरीले सिकलसेल बिरामीका लागि सरकारले दिँदै आएको एक लाख उपचार खर्च सबै बिरामीको पहँुचमा नरहेको र जनचेतनाको अभाव रहेको बताए । उनले भने, ‘त्यसैले सिकलसेल उपचारका लागि छुट्टै अस्पतालको आवश्यकता महसुस गरिएको हो ।’

उनका अनुसार थारू समुदायको १० लाखभन्दा बढी जनसङ्ख्यामध्ये करिब ११ प्रतिशत सिकलसेस प्रभावित छन् । सिकलसेलको उपचार हुने अस्पताल थोरै छन् । त्यसमा पनि छुट्टै वार्ड छैन, जेनेटिक परामर्शको अभाव छ, राज्यबाट दिएको सेवासुविधा अज्ञानताका कारण वञ्चित छन् । अध्यक्ष चौधरीले भने, ‘मेरै सम्पर्कमा सिकलसेलका २९ जना बिरामी छन् । मेरै परिवारका सदस्यको समेत सिकलसेल रोगका कारण उमेरमै मृत्यु भएको छ ।’

अध्यक्ष चौधरीले कैलालीको सेती, बाँकेको भेरी प्रादेशिक अस्पताललगायत केही निजी अस्पतालमा सिकलसेलको उपचार सेवा लिने व्यवस्था भए पनि सबै जिल्लाका बिरामीका लागि उपचार सहज नभएको बताए । उनले स्थानीय सरकारसँग हातेमालो गरेर जनस्तरसम्म सिकलसेल रोगका बारेमा जनचेतना जगाउने कार्य गर्नेसमेत बताए ।

उनका अनुसार धेरै मानिस उपचारका लागि आउन मानिरहेका हुँदैनन् । उनीहरूलाई वंशाणुुगत परामर्शको खाँचो छ । रोगवाहकलाई सामान्य मानिससँग विवाह गराउँदा तीन पुस्तापछि यो रोग हराएर जान्छ । समितिले अस्पताल सञ्चालनका लागि जग्गाको समेत जोहो गरिसकेको छ ।

अध्यक्ष चौधरीले भेटमणि चौधरी सहरी विकासमन्त्री हुँदा बाँकेको जानकी गाउँपालिका–३ मा १३ कट्ठा जग्गा खरिद गरेर मन्त्री चौधरीले गत भदौमा अस्पतालको शिलान्याससमेत गरेको जानकारी दिनुभयो । सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइसकेको छ ।

सिकलसेल सामुदायिक अस्पताल सञ्चालक समितिका सदस्य तथा कैलाली जिल्ला संयोजक इन्द्र दहिलतले थारू स्वास्थ्यकर्मी सङ्घको पहलमा सिकलसेल सामुदायिक अस्पताल सञ्चालनका लागि जनस्तरबाट सहयोग रकम जुटाएर सुरुवात गरेको बताए । सेती प्रादेशिक अस्पतालका सामाजिक सेवा एकाइ प्रमुख गौरी जोशीले सेती अस्पतालमा हालसम्म आठ सयभन्दा बढी सिकलसेल प्रभावितले उपचार सेवा लिइरहेकोे बताए ।

उनका अनुसार सिकलसेल रोग वंशाणुगत रूपमा सर्ने रोग हो । सिकलसेलसम्बन्धी समस्या दुई किसिमको हुन्छ, सिकलसेलवाहक र सिकसेल बिरामी । सिकलसेलवाहक भएका व्यक्तिमा स्वास्थ्यसम्बन्धी कुनै समस्या हुँदैन तर रोगीमा भने हातखुट्टा र शरीरका जोर्नीहरू दुख्ने, रगतको कमी हुनेजस्ता लक्षण देखिन्छ । गोरखापत्रबाट

 

  • सिकलसेल
आइतबार, बैशाख १०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?

समाचार

सबै

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.