• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिमका चार जिल्ला औलोको उच्च जोखिममा

  •   मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशमा आयातित औंलोका कारण औलों रोगको भार देशभरीमै बढ्दै गएको छ । विश्व औंलो रोग दिवसको अवसरमा धनगढीमा सरोकारवालाहरुसंग गरिएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य निर्देशनालयले दीपायलले आयातित औंलो रोगका विरामी बढ्दै जाँदा देशभरमै सुदूरपश्चिम प्रदेशमा औंलोका भार बढी रहेको जनाएको हो ।

प्रदेशमा स्थानीय औंलोका विरामीमा कमी आउँदै गएपनि आयातित औंलोका विरामीको संख्या बढ्दै गएको निर्देशनालयको तथ्यांकमा रहेको छ । प्रदेशमा चालु आर्थिक वर्षमा एक सय पाँच जना नयाँ औंलोको विरामी फेला परेकोमा ११ जना स्थानीय औंलो रहेका छन । ९४ जना आयातित औंलो विरामी रहेकोमा ८९ विरामी भारतबाट आयातित हुन् ।

आर्थिक वर्ष ०७८/७९ मा एक सय ८१ जना नयाँ विरामी फेला परेकोमा १६ स्थानीय र एक सय ६५ आयातित औंलो विरामी रहेका छन् । एक सय ६५ मध्ये एक सय ६३ जना भारतबाट फर्केका हुन ।

आर्थिक वर्ष २०७७/७८ मा स्थानीय १६ र एक सय ६५ आयातित गरि दुई सय ८३ नयाँ विरामी फेला परेका थिए । आयातित विरामीमध्य एक सय ६३ जना भारतका विभिन्न स्थानबाट फर्केको निर्देशनालयको तथ्यांकमा रहेको छ ।

देशभरमै आयातित रोगमा सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, अछाम र बाजुरा गरि चार जिल्ला शिर्ष १० जिल्लामा रहेका छन भने स्थानीय औलोमा कैलाली, कञ्चनपुर, अछाम र डोटी जिल्ला शिर्ष १० जिल्लामा रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशका नौ वडा औलोको उच्च जोखिममा रहेका छन भने २९ मध्यम तथा पाँच सय ८९ न्यून जोखिममा रहेको निर्देशनालयले जनाएको छ । प्रदेशको अछाम, बाजुराका एक–एक, बैतडी, डडेल्धुराका दुई–दुई र कञ्चनपुरका तीन वडा उच्च जोखिममा रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशमा औंलोको जोखिममा एक हजार दुई सय ८५ जनसंख्या रहेका थिए ।

आर्थिक वर्ष २०७७र७८ सम्म प्रदेशका छ वटा जिल्ला औलोको जोखिममा रहेकोमा आर्थिक वर्ष २०७८÷७९ मा थप बाजुरामा १२ जना विरामी फेला परेसंगै प्रदेशमा सात जिल्ला औलोंको उच्च जोखिममा रहेका छन् । प्रदेशको कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा, बाजुरा र डोटी जिल्ला औंलो रोगको जोखिममा रहेको तथ्यांकहरूले देखाएको हो ।

कैलाली जिल्लामा सबैभन्दा बढी औलोका नयाँ केस फेला परेका छन् । कैलालीमा आर्थिक वर्ष २०७८र७९ मा ९७ जना औलोका बिरामी फेला परेका छन् ।

त्यस्तै, कञ्चनपुर जिल्लामा ३६, अछाम जिल्लामा २४, बैतडी जिल्लामा २, डडेल्धुरा जिल्लामा दुई र डोटी जिल्लामा औलोका ६ जना बिरामी फेला परेको स्वास्थ्य निर्देनालयले जनाएको छ ।

कैलाली स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको गोदावरी नगरपालिका औलोंको उच्च जोखिम रहेको स्थानीय तहका रुपमा रहेका छन ।कैलाली स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले सन् २०२५ भित्र स्थानीय औलोंलाई सून्यमा झार्ने लक्ष्य निर्धारण गरिएको बताए । उनले भने– अहिले कैलाली जिल्लामा स्थानीय औंलोका बिरामी फेला परेका छैनन । आयातित औलोंका बिरामीका कारण चुनौति बन्दै गएको छ ।

माईक्रोस्टाट्रीफीकेसन २०१९ का अनुसार सूदूरपश्चिम प्रदेशका ३० वटा वडाहरूलाई औंलोको उच्च जोखिमका रुपमा राखिएको छ । भने एक सय चार वटा वडाहरूमा मलेरीया ९औलो० को जोखिम मध्यम खालको रहेको उल्लेख छ ।

सूदूरपश्चिम प्रदेश विगत आर्थिक वर्षहरूमा वार्षिक परजिवि प्रकोप दरमा कमी आइरहेको छ । कैलाली स्वास्थ्य कार्यालयका अनुसार औंलों संक्रमण अन्य व्यक्तिमा सर्न नदिन स्वास्थ्य कार्यालयले विभिन्न गतिविधि गरिरहेको छ ।

स्वास्थ्य कार्यालय प्रमुख धामीले भने– औलोको जोखिम क्षेत्रको पहिचान, संक्रमितको पहिचान तथा परीक्षण, निःशुल्क उपचार, किटनाशक झुल वितरण, विषादी छडकाउ लगायतका गतिविधि स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाले गर्दै आएका छन् ।

  • औलो
मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.