• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

सुदूरपश्चिमका चार जिल्ला औलोको उच्च जोखिममा

  •   मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशमा आयातित औंलोका कारण औलों रोगको भार देशभरीमै बढ्दै गएको छ । विश्व औंलो रोग दिवसको अवसरमा धनगढीमा सरोकारवालाहरुसंग गरिएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य निर्देशनालयले दीपायलले आयातित औंलो रोगका विरामी बढ्दै जाँदा देशभरमै सुदूरपश्चिम प्रदेशमा औंलोका भार बढी रहेको जनाएको हो ।

प्रदेशमा स्थानीय औंलोका विरामीमा कमी आउँदै गएपनि आयातित औंलोका विरामीको संख्या बढ्दै गएको निर्देशनालयको तथ्यांकमा रहेको छ । प्रदेशमा चालु आर्थिक वर्षमा एक सय पाँच जना नयाँ औंलोको विरामी फेला परेकोमा ११ जना स्थानीय औंलो रहेका छन । ९४ जना आयातित औंलो विरामी रहेकोमा ८९ विरामी भारतबाट आयातित हुन् ।

आर्थिक वर्ष ०७८/७९ मा एक सय ८१ जना नयाँ विरामी फेला परेकोमा १६ स्थानीय र एक सय ६५ आयातित औंलो विरामी रहेका छन् । एक सय ६५ मध्ये एक सय ६३ जना भारतबाट फर्केका हुन ।

आर्थिक वर्ष २०७७/७८ मा स्थानीय १६ र एक सय ६५ आयातित गरि दुई सय ८३ नयाँ विरामी फेला परेका थिए । आयातित विरामीमध्य एक सय ६३ जना भारतका विभिन्न स्थानबाट फर्केको निर्देशनालयको तथ्यांकमा रहेको छ ।

देशभरमै आयातित रोगमा सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, अछाम र बाजुरा गरि चार जिल्ला शिर्ष १० जिल्लामा रहेका छन भने स्थानीय औलोमा कैलाली, कञ्चनपुर, अछाम र डोटी जिल्ला शिर्ष १० जिल्लामा रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशका नौ वडा औलोको उच्च जोखिममा रहेका छन भने २९ मध्यम तथा पाँच सय ८९ न्यून जोखिममा रहेको निर्देशनालयले जनाएको छ । प्रदेशको अछाम, बाजुराका एक–एक, बैतडी, डडेल्धुराका दुई–दुई र कञ्चनपुरका तीन वडा उच्च जोखिममा रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशमा औंलोको जोखिममा एक हजार दुई सय ८५ जनसंख्या रहेका थिए ।

आर्थिक वर्ष २०७७र७८ सम्म प्रदेशका छ वटा जिल्ला औलोको जोखिममा रहेकोमा आर्थिक वर्ष २०७८÷७९ मा थप बाजुरामा १२ जना विरामी फेला परेसंगै प्रदेशमा सात जिल्ला औलोंको उच्च जोखिममा रहेका छन् । प्रदेशको कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा, बाजुरा र डोटी जिल्ला औंलो रोगको जोखिममा रहेको तथ्यांकहरूले देखाएको हो ।

कैलाली जिल्लामा सबैभन्दा बढी औलोका नयाँ केस फेला परेका छन् । कैलालीमा आर्थिक वर्ष २०७८र७९ मा ९७ जना औलोका बिरामी फेला परेका छन् ।

त्यस्तै, कञ्चनपुर जिल्लामा ३६, अछाम जिल्लामा २४, बैतडी जिल्लामा २, डडेल्धुरा जिल्लामा दुई र डोटी जिल्लामा औलोका ६ जना बिरामी फेला परेको स्वास्थ्य निर्देनालयले जनाएको छ ।

कैलाली स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको गोदावरी नगरपालिका औलोंको उच्च जोखिम रहेको स्थानीय तहका रुपमा रहेका छन ।कैलाली स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले सन् २०२५ भित्र स्थानीय औलोंलाई सून्यमा झार्ने लक्ष्य निर्धारण गरिएको बताए । उनले भने– अहिले कैलाली जिल्लामा स्थानीय औंलोका बिरामी फेला परेका छैनन । आयातित औलोंका बिरामीका कारण चुनौति बन्दै गएको छ ।

माईक्रोस्टाट्रीफीकेसन २०१९ का अनुसार सूदूरपश्चिम प्रदेशका ३० वटा वडाहरूलाई औंलोको उच्च जोखिमका रुपमा राखिएको छ । भने एक सय चार वटा वडाहरूमा मलेरीया ९औलो० को जोखिम मध्यम खालको रहेको उल्लेख छ ।

सूदूरपश्चिम प्रदेश विगत आर्थिक वर्षहरूमा वार्षिक परजिवि प्रकोप दरमा कमी आइरहेको छ । कैलाली स्वास्थ्य कार्यालयका अनुसार औंलों संक्रमण अन्य व्यक्तिमा सर्न नदिन स्वास्थ्य कार्यालयले विभिन्न गतिविधि गरिरहेको छ ।

स्वास्थ्य कार्यालय प्रमुख धामीले भने– औलोको जोखिम क्षेत्रको पहिचान, संक्रमितको पहिचान तथा परीक्षण, निःशुल्क उपचार, किटनाशक झुल वितरण, विषादी छडकाउ लगायतका गतिविधि स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाले गर्दै आएका छन् ।

  • औलो
मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ

समाचार

सबै

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.