कञ्चनपुर- कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिकामा वडा नम्बर १० लालपनिया खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ४८ वर्षीय दानबहादुर चुनाराको मृत्यु भएको हो ।
उनको उपचारका क्रममा कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुर्यबहादुर शाहीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













