धनगढी – धनगढीमा विश्व हिन्दु महासंघको प्रदेश अधिवेशन हुने भएको हो।
शनिवार धनगढीको लक्ष्मीनारायण मन्दिरमा अधिवेशन हुने महासंघका प्रदेश अध्यक्ष राजप्रासाद जोशीले बताए। अधिवेशनमा सनातन हिन्दु धर्मका संघ, संगठन, मठमन्दिर र गुरुकुल, सनातन विद्धत परिषद र सन्त महन्त समाजको सहभागिता रहने बताइएको छ। सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट आउने पार्षदले अधिवेशनबाट नयाँ प्रदेश समिति चयन गर्नेछ।
महासंघको उद्घाटन लक्ष्मीनारायण मन्दिरका स्वामी १००८ देवराज आचार्यले गर्ने आयोजकले जनाएको छ। शनिवार विहान १० बजे धनगढी चौराहबाट धार्मिक ¥याली निकालिने भएको छ ।













