काठमाडौं- नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । सुन आज तोलामा ८०० सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार ३८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।













