• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सुदूरपश्चिममा दादुरा रुबेलाको खोप अभियान सञ्चालन हुने

  •   बिहिबार, जेठ ११, २०८० मा प्रकाशित

धनगढी – सुदूरपश्चिमका सबै जिल्लामा दादुरा रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ। यो वर्ष कैलालीसहित प्रदेशका अन्य जिल्लामा दादुराको प्रकोप देखिएकाले खोप अभियान सञ्चालन हुने भएको हो। स्वास्थ कार्यालय कैलालीको आयोजनामा जिल्लाभर खोप अभियान चलाउन गोष्ठी आयोजना गरिएको छ। जिल्लाका सबै पालिकाका स्वास्थ्य प्रमुखसहित सरोकारवालाहरूको उपस्थितिमा अभियान चलाउने विषयमा योजना तर्जुमा गोष्ठी आयोजना भएको हो।

कार्यक्रममा स्वास्थ कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले कैलालीमा पनि दादुराको प्रकोप देखिएकाले खोप अभियान चलाउन अभिमुखीकरण गोष्ठी गरिएको बताए। सुदूरपश्चिममा ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने योजना छ।

धामीले ९५ प्रतिशतभन्दा बढी कभरेज गर्ने हिसाबले खोप अभियान चलाउने तयारी गर्न गोष्ठी आयोजना गरिएको बताए। गोष्ठीमा खोपबाट बचाउन सकिने रोगहरूको सर्भिलेन्स, निगरानी तथा महामारी नियन्त्रणको प्रक्रिया र तहगत भूमिकाबारे जानकारी एवं छलफल गरिने छ। दादुरा र रुबेलाको खोप नियमित खोप कार्यक्रमबाट भारत गएका परिवारका बालबालिका बञ्चित हुने गरेको बताइएको छ। यस्तै, भारतीय मजदुरका सन्तानले पनि खोप लगाउन नमान्ने गरेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

स्वास्थ्य तालिम केन्द्र प्रमुख नरेन्द्रसिंह कार्कीले ४ प्रतिशत बालबालिकाले कुनै पनि खोप पाउन छुटेको अवस्थालाई सुधार गर्नुपर्ने बताए। उनले कभरेजमा फोकस गर्ने, गुणस्तरमा सम्झौता नगर्ने, कोल्डचेन व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। खोप अभियान सफल पार्न स्वास्थ्यकर्मी, अभिभावक, प्रहरी प्रशासन, विद्यालय र समुदायको समन्वय र सहकार्य हुनु आवश्यक रहेको कार्कीले बताए।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखा प्रमुख भरत भण्डारीले राष्ट्रिय खोप कार्यक्रमका उदेश्य, लक्ष्य र दादुरा रोग निवारणको रणनीति एवं आवस्थाको बारेमा चर्चा गरेका थिए। उनले ९० प्रतिशत बालबालिका खोप लगाउन आफैं आउने र १० प्रतिशत अहिलेसम्म छुटेको अवस्था रहेको बताए।

सरकारले दिगो विकास लक्ष्य प्राप्तिका लागि खोप कार्यक्रम ल्याइएको बताउँदै सरुवा रोग उन्मुलन गर्नका लागि खोप कार्यक्रम चलाइने गरिएको बताए। “सबै वडाको खोप कभरेज ९५ प्रतिशत अनिवार्य हो,“ उनले भने, “खोप गुणस्तरीय हुनुपर्छ। अझै २० प्रतिशत बालबालिका ड्रपआउट छ। ४ प्रतिशत मिसिङ छ। यसमा सुधार हुनैपर्छ।

“ दादुराका लागि खोप मात्रै एक विकल्प रहेको भण्डारीले बताए। उनले भने,“अहिले दादुरा खोपको अभाव छैन। तर बिरामी देखा पर्न थाले। यो वर्ष मात्रै ९४७ बिरामी फेला परे।“ नेपालमा सन् २०२६ मा दादुरा निवारण गर्ने लक्ष्य राखिएको छ। वि।स। २०३५ देखि दादुराको खोप दिन थालिएको हो। तर, दादुरा निवारण गर्न अपेक्षित प्रगतिमा कमि आएकाले दादुरा निवारण गर्न सबै तहमा एकरुपता हुनुपर्ने बताइएको छ।

गोष्ठीमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले खोप कार्यक्रमको लक्ष्य प्राप्ति नहुँदा राज्यको ठुलो लगानी गुम्ने गरेको बताए। उनले राज्यको लगानी खेर जान नदिन सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए। स्थानीय तह, विद्यालय, शिक्षक, समाजसेवी र समुदायले खोप अभियानलाई सहयोग पुगाउनुपर्ने र स्थानीय प्रशासनले सहयोग गर्ने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख खगराज भुसालले गोष्ठीले कैलालीमा दादुरा निवारण गर्न सहयोग पुग्ने बताए। उनले सरकारका कार्यक्रम राम्रा हुने तर काम गर्दा परिणाम नमिल्ने समस्याको समाधान पनि हुनुपर्ने बताए। “दादुरा निवारण गर्ने राज्यको अभियान पहिलो प्रयासमै सफल बनाउनुपर्छ भन्नेतर्फ सोच्नु जरुरी छ।

सबैले जिम्मेवार बन्नुपर्छ,“ उनले भने, “जिल्ला, पालिका र वडामा खोप समन्वय समिति हुन्छ त्यसले परिणाम निकाल्न सहयोग गर्न सक्नुपर्छ। खोप लगाउन नमान्ने र चेतनाको कमि भएको समुदायलाई खोप लगाउने बनाउनुपर्छ।“ भुसालले थपे,“ सबै तहबाट खोप अभियान सफल बनाउन प्रयास हुनुपर्छ।

  • दादुरा रुबेला
बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.