• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

सुदूरपश्चिममा दादुरा रुबेलाको खोप अभियान सञ्चालन हुने

  •   बिहिबार, जेठ ११, २०८० मा प्रकाशित

धनगढी – सुदूरपश्चिमका सबै जिल्लामा दादुरा रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ। यो वर्ष कैलालीसहित प्रदेशका अन्य जिल्लामा दादुराको प्रकोप देखिएकाले खोप अभियान सञ्चालन हुने भएको हो। स्वास्थ कार्यालय कैलालीको आयोजनामा जिल्लाभर खोप अभियान चलाउन गोष्ठी आयोजना गरिएको छ। जिल्लाका सबै पालिकाका स्वास्थ्य प्रमुखसहित सरोकारवालाहरूको उपस्थितिमा अभियान चलाउने विषयमा योजना तर्जुमा गोष्ठी आयोजना भएको हो।

कार्यक्रममा स्वास्थ कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले कैलालीमा पनि दादुराको प्रकोप देखिएकाले खोप अभियान चलाउन अभिमुखीकरण गोष्ठी गरिएको बताए। सुदूरपश्चिममा ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने योजना छ।

धामीले ९५ प्रतिशतभन्दा बढी कभरेज गर्ने हिसाबले खोप अभियान चलाउने तयारी गर्न गोष्ठी आयोजना गरिएको बताए। गोष्ठीमा खोपबाट बचाउन सकिने रोगहरूको सर्भिलेन्स, निगरानी तथा महामारी नियन्त्रणको प्रक्रिया र तहगत भूमिकाबारे जानकारी एवं छलफल गरिने छ। दादुरा र रुबेलाको खोप नियमित खोप कार्यक्रमबाट भारत गएका परिवारका बालबालिका बञ्चित हुने गरेको बताइएको छ। यस्तै, भारतीय मजदुरका सन्तानले पनि खोप लगाउन नमान्ने गरेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

स्वास्थ्य तालिम केन्द्र प्रमुख नरेन्द्रसिंह कार्कीले ४ प्रतिशत बालबालिकाले कुनै पनि खोप पाउन छुटेको अवस्थालाई सुधार गर्नुपर्ने बताए। उनले कभरेजमा फोकस गर्ने, गुणस्तरमा सम्झौता नगर्ने, कोल्डचेन व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। खोप अभियान सफल पार्न स्वास्थ्यकर्मी, अभिभावक, प्रहरी प्रशासन, विद्यालय र समुदायको समन्वय र सहकार्य हुनु आवश्यक रहेको कार्कीले बताए।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखा प्रमुख भरत भण्डारीले राष्ट्रिय खोप कार्यक्रमका उदेश्य, लक्ष्य र दादुरा रोग निवारणको रणनीति एवं आवस्थाको बारेमा चर्चा गरेका थिए। उनले ९० प्रतिशत बालबालिका खोप लगाउन आफैं आउने र १० प्रतिशत अहिलेसम्म छुटेको अवस्था रहेको बताए।

सरकारले दिगो विकास लक्ष्य प्राप्तिका लागि खोप कार्यक्रम ल्याइएको बताउँदै सरुवा रोग उन्मुलन गर्नका लागि खोप कार्यक्रम चलाइने गरिएको बताए। “सबै वडाको खोप कभरेज ९५ प्रतिशत अनिवार्य हो,“ उनले भने, “खोप गुणस्तरीय हुनुपर्छ। अझै २० प्रतिशत बालबालिका ड्रपआउट छ। ४ प्रतिशत मिसिङ छ। यसमा सुधार हुनैपर्छ।

“ दादुराका लागि खोप मात्रै एक विकल्प रहेको भण्डारीले बताए। उनले भने,“अहिले दादुरा खोपको अभाव छैन। तर बिरामी देखा पर्न थाले। यो वर्ष मात्रै ९४७ बिरामी फेला परे।“ नेपालमा सन् २०२६ मा दादुरा निवारण गर्ने लक्ष्य राखिएको छ। वि।स। २०३५ देखि दादुराको खोप दिन थालिएको हो। तर, दादुरा निवारण गर्न अपेक्षित प्रगतिमा कमि आएकाले दादुरा निवारण गर्न सबै तहमा एकरुपता हुनुपर्ने बताइएको छ।

गोष्ठीमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले खोप कार्यक्रमको लक्ष्य प्राप्ति नहुँदा राज्यको ठुलो लगानी गुम्ने गरेको बताए। उनले राज्यको लगानी खेर जान नदिन सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए। स्थानीय तह, विद्यालय, शिक्षक, समाजसेवी र समुदायले खोप अभियानलाई सहयोग पुगाउनुपर्ने र स्थानीय प्रशासनले सहयोग गर्ने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख खगराज भुसालले गोष्ठीले कैलालीमा दादुरा निवारण गर्न सहयोग पुग्ने बताए। उनले सरकारका कार्यक्रम राम्रा हुने तर काम गर्दा परिणाम नमिल्ने समस्याको समाधान पनि हुनुपर्ने बताए। “दादुरा निवारण गर्ने राज्यको अभियान पहिलो प्रयासमै सफल बनाउनुपर्छ भन्नेतर्फ सोच्नु जरुरी छ।

सबैले जिम्मेवार बन्नुपर्छ,“ उनले भने, “जिल्ला, पालिका र वडामा खोप समन्वय समिति हुन्छ त्यसले परिणाम निकाल्न सहयोग गर्न सक्नुपर्छ। खोप लगाउन नमान्ने र चेतनाको कमि भएको समुदायलाई खोप लगाउने बनाउनुपर्छ।“ भुसालले थपे,“ सबै तहबाट खोप अभियान सफल बनाउन प्रयास हुनुपर्छ।

  • दादुरा रुबेला
बिहिबार, जेठ ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ

समाचार

सबै

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.