पालुङ्गो साग जाँगर आदि सलादको सेवनबाट आँखाको ज्योति बढ्ने कुरा हामीलाई पक्कै थाहा छ । सलादलाई एभोकाडो नामक फलसित खाँदा यसको फाइदा धेरै गुण बढ्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।
युनिभर्सिटी अफ ओहियोको अनुसार सलादलाई एभोकाडोसँग खाँदा सलादमा पाइने अल्फा क्यारेटिन ८.३ गुणा, बिटा क्यारेटिन १३.६ गुणा बढी शरीरले सोस्ने गर्दछ ।
एभोकाडोमा पाइने चिल्लोको कारण यसो भएको बताउँदै एभोकाडो नपाइएमा देशी बदाम, काजु, पेश्ता अथवा ओलिभ ओइल (जैतुनको तेल) को प्रयोग गर्न सकिने बताएका छन् ।
साभार : ‘एकसे एक उपचार’ पुस्तकबाट













