धनगढी- धनगढीमा डेङ्गु रोगका एक जना बिरामी फेला परेका छन्। स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ९ गौरीकटानमा डेङ्गुका बिरामी फेला परेका हुन्।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले धनगढी वडा नम्बर ९ गौरीकटानका १४ वर्षीय एक किशोरमा डेङ्गु पुष्टि भएको बताए। बिहीबार बिरामी भएर अस्पताल आएका किशोरको रगत परीक्षण गर्दा डेङ्गु पुष्टि भएको धामीले बताए।
बिरामीको अहिले उपचार भइरहेको छ। अरू वर्ष भदौ र असोजमा देखा पर्ने डेङ्गु संक्रमण यो वर्ष असारमै देखा परेकाले सतर्क रहनुपर्ने स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख धामीले बताए।














