• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कर्णालीको बाढीले टीकापुर र जानकीमा जोखिम

  •   बिहिबार, असार २८, २०८० मा प्रकाशित

टीकापुर- कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका कर्णाली नदीको कटानको जोखिममा छ । हरेक वर्ष कर्णाली नदी बस्तीमा पसेर हैरानी हुने टीकापुर र जानकीमा यस वर्ष पनि कटान र डुबानको जोखिम कायमै छ ।

कर्णाली नदीले धार परिवर्तन गर्दा कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका नदी कटानको जोखिममा परेका छन् ।कर्णाली नदीको पानी बर्दियाको गेरुवा नदीतर्फ १० प्रतिशत मात्र गइरहेको, कर्णालीतर्फ ९० प्रतिशत आइरहेकाले टीकापुरका बस्ती जोखिममा रहेका विज्ञहरु बताउँछन् । कर्णाली नदीका कारण टीकापुर पार्क क्षेत्र बढी जोखिममा रहेको छ ।

कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमिन कटान गर्दछ । बर्खा लाग्न सुरु भएपछि यहाँका नागरिकलाई हरेक वर्ष नदी कटान तथा डुबानको त्रासले सताउँछ ।यस वर्ष पनि नदी कटान हुन थालेपछि टीकापुर नगरपालिकाका तटीय क्षेत्रका नागरिक त्रसित छन् । नदीमा पानीको बहाव बढ्न थालेपछि यहाँ कर्णाली नदीको कटान तीव्र हुँदा बस्ती तथा जमिन जोखिममा पर्ने गर्दछ ।

कर्णाली नदीले टीकापुर पार्क क्षेत्रमा जोखिम बढेकाले नगरपालिकाका जनप्रतिनिधि र रानी जमरा कुलरिया सिँचाइ आयोजनाको टोलीले अनुगमन गरेको छ ।अनुगमनपछि सो क्षेत्रमा ठूला ढुङ्गा ९बिग बोल्डर० हालेर तटबन्ध गर्ने सहमतिअनुसार ठूला ढुङ्गा पाइने पालिकासँग ढुङ्गा माग गरी नदी नियन्त्रणको प्रयास थालिएको छ ।सिँचाइ आयोजनाको मागपछि जिल्ला प्रशासन कार्यालय कैलालीले नदी नियन्त्रणका लागि आवश्यक पर्ने ठूला ढुङ्गा उपलब्ध गराउन लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपालिकालाई पत्र पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जानकी गाउँपालिकाको पूर्व खैरीफाँटा, जगतपुर शिव सामुदायिक वन, सनकट्टी तथा टीकापुर नगरपालिकाको टीकापुर पार्क, वनगाउँ क्षेत्रमा कर्णाली नदीको पानीको बहाव अत्यधिकरुपमा बढेकाले नदी किनार कटान भइरहेको जनाएको छ ।

यी स्थानमा बाढी तथा कटान नियन्त्रण गर्न ठेक्का व्यवस्थापन गरी रोकथाम कार्य भइरहेकोमा असार १ गतेबाट नदीजन्य पदार्थको उत्खनन हुन नसकी रोकथाम कार्य हुन नसकेकाले आवश्यक ठूला ढुङ्गाको आपूर्तिका लागि सहज वातावरण बनाउन पालिकालाई अनुरोभ गरिएको छ ।

प्रशासन कार्यालयले त्यहाँ तत्काल नदी रोकथाम नभए कर्णाली नदीको बाढी पसी नहर, संरचना तथा धनजनको क्षति हुने भएकाले रानी जमराबाट रोयल्टी लिएर ठूला ढुङ्गा उपलब्ध गराइदिन यी दुई पालिकालाई अनुरोध गरेको छ ।टीकापुर नगरपालिका–५ मा कर्णाली नदीले टीकापुर पार्कमा हरेक वर्ष क्षति पुर्याउने गरेको छ ।

पार्क क्षेत्र यस वर्ष बढी जोखिममा छ । यसका साथै शाहीपुर, कर्मीडाँडा, सिमे्रनीमा पनि जोखिममा रहेको वडा नं ५ का वडाध्यक्ष बलविर थारुले बताए । ‘पार्क टीकापुरको पहिचान हो, यस वर्ष नदी कटान हेर्दा पार्क ध्वस्त हुने देखिन्छ’, उनले भने, ‘समयमै नदी नियन्त्रण गर्न नसके यस वर्ष टीकापुरले ठूलो क्षति बेर्होनुपर्नेछ ।’

कर्णाली नदीका कारण जानकी गाउँपालिका र टीकापुर नगरपालिका अधिकांश वडा कटान र डुबानको जोखिममा छन् । टीकापुरको वडा नं २ को मूलपानी क्षेत्र, कैलाशेश्वर सामुदायिक वन, जनशक्ति सामुदायिक वन क्षेत्र, रानी कुलाका कारण सीतापुर बेल्टमा जोखिम रहने गरेको टीकापुर–२ का वडाध्यक्ष दीपक चौधरीले बताए ।

टीकापुर नगरपालिका–८ बाढीका कारण बढी क्षति हुने वडामा पर्छ । यो वडा कर्णाली नदीको तटीय क्षेत्रमै जोडिएको छ । सिँचाइ आयोजनामार्फत तटबन्ध गरिरहेका निर्माण व्यवसायीले समयमा काम नगर्दा पनि वडा जोखिममा छ । वडा नं ८ मा सत्ती कर्णाली सामुदायिक वन क्षेत्र, श्रीलङ्का र वनगाउँमा कटान भइरहेकाले जोखिम बढेको वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाको भनाइ छ ।

टीकापुरको वडा नं ७ पनि कर्णाली नदीको जोखिममा रहेको छ । वडा नं ७ का महादेव टोल, सत्ती बजार र धामी टोल हरेक वर्ष प्रभावित हुने गरेका छन् । टीकापुर–७ लाई वडा नं ५ मा हुने कटानले बढी असर पार्ने गरेको वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले बताए ।टीकापुरको ६ नं वडा कर्णाली नदी मात्र नभई पथरैया नदीका कारणसमेत डुबानमा पर्ने गर्दछ । वडा नं ६ मा सिम्रेनी, भर्तापुर, भगवानपुर, मिलनपुर, नारायणपुर, ओखरपुरलगायतका क्षेत्रलाई प्रभाव पार्ने गरेको वडाध्यक्ष बलिराम चौधरी बताए ।

‘टीकापुरका नागरिक तीन नदीबाट जोखिममा छौँ, कर्णाली, पथरैया र मोहना नदीले हाम्रो पालिकालाई प्रभाव पार्छ’, उनले भने, ‘नदी नियन्त्रण पालिकाले सम्भव छैन, सिँचाइ आयोजनाले जोखिम भएका ठाउँमा काम गरिरहेको छ । हामी पालिकाले सहकार्य गर्ने गरेका छौँ ।’कैलाली जिल्लामा रानीजमरा कुलरिया सिँचाइ आयोजनाले कर्णाली नदी नियन्त्रणका लागि दर्जनभन्दा बढी स्थानमा तटबन्ध निर्माण गरेको छ भने केही ठाउँमा तटबन्ध निर्माणको काम गरिरहेको छ ।

आयोजनाले पूर्वी खैरीफाँटा, शाहीपुर, भुराखानी, वनगाउँ र टीकापुर पार्कमा तटबन्धको काम भइरहेको जनाएको छ । बर्खा लागेपछि नदी बस्तीमा पस्ने जोखिम रहेकाले यहाँका पालिकासँग समन्वय गरेर निर्माण व्यवसायीलाई तटबन्धका लागि चाहिने ठूला ढुङ्गा उपलब्ध गराइदिन अनुरोध गरिएको आयोजनाका सूचना अधिकारी प्रेम लासिवाले बताए ।

‘हामीले स्थानीय जनप्रतिनिसहित जोखिम क्षेत्र अनुगमन गर्यौँ, पालिकाका जनप्रतिनिधिसँगको छलफलपछि जिल्ला प्रशासन कार्यालयलाई ठूला ढुङ्गा उपलब्ध गराउन सहजीकरणका लागि पत्र पठायौँ’, उनले भने, ‘यी क्षेत्रमा नदी नियन्त्रणको काम गरिरहेका निर्माण व्यवसायीलाई सहज ढुङ्गा उपलब्ध गराउन मागपछि प्रशासनले सहजीकरण गरिदिएको छ । निर्माण व्यवसायी काम गरिरहेको छ ।’

तीन पालिका टीकापुर, लम्कीचुहा र जानकीमा काम गरिरहेको आयोजनाले नदीले धार परिवर्तन गर्दा कर्णालीको जोखिम बढ्दै गएको जनाएको छ । टीकापुर नगरपालिका प्रमुख रामलाल डगौरा थारु चिसापानीको मुहानबाटै कर्णालीतर्फ आइरहेको पानी गेरुवातर्फ पठाउने व्यवस्था सरकारले गरिदिएमा टीकापुर र आसपासका पालिकामा कम क्षति हुने बताए । जोखिम क्षेत्रलाई कसरी जोगाउने भनी छलफल भएको, सिँचाइ आयोजनाले तटबन्धको काम गर्ने, त्यसमा पालिका पनि सघाउने नगर प्रमुख थारुले बताए ।

‘हरेक बर्सातमा नदी कटान र डुबानको जोखिम झेल्दै आएका यहाँका नागरिकलाई कसरी जोगाउने भन्नेमा हामी केन्द्रित छौँ’, उनले भने, ‘हरेक वर्ष नदीको जोखिम बढ्दै गएको छ । नदी नियन्त्रणको प्रयासमा हामीले आयोजनालाई सघाउने, नदीजन्य पदार्थ उपलब्धतामा सघाउने काम गरिरहेका छौँ ।’ रासस

  • बाढी
बिहिबार, असार २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.