धनगढी- सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामी र संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालबीच भेटघाट भएको छ ।
आज (सोमबार) काठमाण्डौँमा भएको भेटघाटमा मन्त्रीद्वयबीच उद्योग, वाणिज्य तथा आपूर्तिको क्षेत्रमा संघ र प्रदेश मन्त्रालयबीच सहजीकरण गरेर अगाडि बढ्ने विषयमा छलफल भएको मन्त्री धामीको सचिवालयले जनाएको छ ।
कर्मचारीको क्षमता विकास, उद्योगहरुको डाटा अनलाइनमा राख्ने, नियमित मन्त्रालय समन्वय बैठक राख्ने, वाणिज्य प्रशासनको अधिकार प्रत्यायोजन गर्नेलगायतका बिषयमा छलफल भएको मन्त्री धामीका स्वकीय सचिव रमेश भट्टराईले जानकारी दिए ।













