काठमाडौँ- नायक गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्। आज काठमाडौंको होटल याडिसनमा आयोजित एक समारोहमा गौरवले प्रेमिका श्रेयानी खतिवडासँग टिकाटालो गरेका हुन्।
उनीहरुको इन्गेजमेन्ट समारोहमा फिल्म क्षेत्रका केही कलाकारको मात्र उपस्थिती थियो। आफन्त र परिवारका सदस्यहरुको उपस्थितीमा गौरवको श्रेयानीसँग इन्गेजमेन्ट सम्पन्न भएको हो। उनीहरुको बिहे माघमा हुने छ।























