धनगढी- कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। दोधारा-चाँदनी नगरपालिका-५ स्थित देवता निर्माण एण्ड सप्लायर्स कम्पनीमा काम गर्ने बैतडीको मेलौली नगरपालिका-१ का ४१ वर्षीय लक्ष्मण दयालको करेन्ट लागेर मृत्यु भएको हो।
बुधबार दिउँसो सो कम्पनी नजिकै रहेको मलरिया खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। उनको दोधारा-चाँदनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।













