धनगढी- धनगढीमा हुने एलपिएल आठौं औं संस्करणको ब्यानर प्रायोजकमा नवजीवन अस्पताल धनगढी जोडिएको छ। यहि मङ्सिर ९ गते देखि २३ गते सम्म धनगढी स्थित फाप्ला क्रीकेट मैदानमा आयोजना हुने आठौं संस्करणको लिटल फ्लावर प्रीमियर लिग सिनियर क्रीकेट प्रतियोगिताको ब्यानर प्रायोजकमा नवजीवन अस्पताल जोडिएको हो ।
सम्झौता पत्रमा लिटल फ्लावर स्पोर्ट्स क्लबका अध्यक्ष रामचन्द्र शाही र नवजीवन अस्पताल धनगढीका प्रबन्ध निर्देशक चक्र खडायतले हस्ताक्षर गरे ।













