काठमाडौं- गायक डेबिड संकरको ‘तिमीलाई हेरेर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। अनिल तिखत्रीको शब्द र दीपक शर्माको संगीत रहेको म्युजिक भिडियोमा संकर आफैंले अभिनय गरेका छन्। अभिनयमा पछिल्लो समयकी चर्चित मोडेल पवित्रा साँकी (मिस पवि) ले समेत उनलाई साथ दिएकी छन्।
युवराज वाइबाको निर्देशनमा गीतको भिडियोलाई निशल पौडेलले खिचेका छन्। गायक संकरले यसअघि गाएका ‘पहिलो नम्बरमा’, ‘दर्शन सलाम’, ‘घिन घिन मादल मुरलीको तीर’ लगायत गीतहरुले निकै चर्चामा कमाएका थिए।























