धनगढी- कैलालीको धनगढीमा फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा फुटबल प्रतियोगिता हुने भएको हो। कालिका सामुदायिक वन उपभोक्ता समूहले प्रथम कालिका कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
शुभ दीपावली र छठ पर्वको अवसरमा कात्तिक २५ देखि मंसिर ४ गतेसम्म फुटबल प्रतियोगिता गर्न लागेको वन उपभोक्ता समूहका नरेन्द्र साउँदले बताए। फुटबल खेलमा सहभागी हुन चाहने समूहले दुई हजार पाँच सय शुल्क तिरेर टिम दर्ता गर्न सक्नेछन्।
प्रतियोगितामा प्रथम हुने टीमलाई २१ हजार पाँच रुपैयाँ र दोस्रो हुने टिमलाई १० हजार पाँच रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। खेलमा सहभागी हुन चाहने टिमले कात्तिक २४ गतेसम्म दर्ता हुन पाउनेछन्। कात्तिक २४ गते साँझ पाँच बजे खेलको टाइसिट निकालिनेछ।













