धनगढी- सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमियाको जाँच निःशुल्क गरेको छ । सिकलसेल एनिमिया निदानको लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) सेवा अस्पतालले निःशुल्क गरेको हो ।
आजदेखि सर्वसाधारणले यो सेवा उपभोग गर्न पाउने अस्पतालले सूचना जारी गरेर जनाएको छ । थारु समुदायमा जनस्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल एनिमियाका बिरामीले परीक्षण र उपचार सेती प्रादेशिक अस्पतालमा गराउँदै आएका छन् ।
अस्पतालले सिकलसेल जाँच गरेबापत यस अघिसम्म केही शुल्क लिदैं आएको थियो । अब जाँच सेवा निःशुल्क भएको अस्पताल सञ्चालक समितिका अध्यक्ष नरबहादुर शाह (निर्मल) ले जानकारी दिए । यो सेवा सामाजिक सेवा एकाइ (कोठा नम्बर २४) बाट उपलब्ध हुने अस्पतालले जनाएको छ ।














