काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत सोमबार देखि लगातार बढिरहेको सुनको मूल्य बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत मंगलबार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।














