धनगढी- सुदूरपश्चिमका चर्चित देउडा गायक लाल बहादुर धामि (अछामी बड्डा) को “बड्डाका दिन गया” नामक मौलिक देउडा गीत सार्वजनिक भएको छ। देउडा क्षेत्रमा एकछत्र राज गर्न सफल देउडा गायक धामिको पछिल्लो देउडा गीत “बड्डाका दिन गया” सार्वजनिक भएको हो।
राजेन्द्र शाह बिपीको शब्दमा रहेको उक्त देउडा गीत अछामी बड्डो युटुभ च्यानल मार्फत बजारमा सार्वजनिक गरिएको छ। उक्त देउडा गीतमा आवाज र संगित भने स्वयम् अछामी बड्डाकै रहेको छ।
गायिका देवी घर्तिले स्वरमा साथ दिएको गीतमा विनोद बाजुरेलीको एरेञ्जर छ। रेकर्ड सागर बाजुरेली, मिक्सिङमा खडक बाजुरेली र अडियो सम्पादन राजेन्द्र बाजुरेलीले गरेका छन्।
देउडा गीतमा गायक लाल बहादुर धामी र मोडेल रोजी कुँवरले अभिनय गरेका छन्। भीम थापाको निर्देशनमा रहेको “बड्डाका दिन गया” नामक मौलिक देउडा गीतको अमृत उपाध्यायले छाँयाङकनमा साथ दिएका छन्।
मौलिक देउडा संस्कृतिको उत्थान, देउडा संस्कृतिलाई जोगाउन र निरन्तरता दिन गायक धामिको देउडा क्षेत्रमा ठुलो योगदान रही आएको छ।अछाम जिल्लामा जन्मिएका गायक धामि विगत लामो समयदेखि गायन क्षेत्रमा कटिबद्ध भएर लागी रहेका छन।
विगत लामो समयदेखि गायन क्षेत्रमा लागिरहेका गायक धामिले यसभन्दा अगाडि धेरै देउडा गीतमा आवाज दिइसकेका छन। गायक लाल बहादुर धामि बिषेशत (अछामी बड्डो) नामले बढी परिचित छन । उमेरको हिसाबले खासै बुढो नभएतापनि उनको नाम र स्टेज प्रस्तुतिको कारणले कतिपय मानीहरूले उनलाई अछामी बड्डाकै रूपमा चिन्ने गर्दछन्।
सुदूरपश्चिमको देउडा संस्कृतिलाई जोगाउन गीत सङ्गीतका माध्यम मार्फत गायक धामिले ठुलो भूमिका निर्वाह गरेका छन। गायक धामिका बजारमा निस्किने गीतहरू बढिजसो देउडा गीत चर्चामा रहने गरेका छन्।
गायक धामीका चर्चित गीतहरू, यो अछामी बड्डो, लाल्या आयो डिस्कोमा,बड्डो आयो डि जे मा, बाल पाली हेल जया,डोटीकी छोर्याट्टी, प्यारो अछाम,यो बड्डो आइगयो,ताउलो,भैँसाकी गोठाली,झलना रेल्न दे,हरिया सौलको छन् ।













