धनगढी- लिटल फ्लावर प्रियिर लिगले नेपाली खेलाडीहरू उत्पादन गरिरहेको नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन् । चन्दले लिटल फ्लावर प्रियिर लिग आठौँ संस्करणको उद्धघाटमा मन्तव्य राख्दै सो कुरा बताएका हुन् ।
अर्जुन साउँद,सन्दीप जोरा, नारायण जोशी,खड्क बोहरा, दिपक बोहरा (जुनियर) र दिपक बोहरा (सिनियर) लगायत खेलाडीहरूले एलपिएल बाट नै नेपाली क्रिकेट टोलीमा समावेश भएका थिए ।
सुदूरपश्चिममा धेरै सम्भावना भएका खेलाडीहरू छन तर उहाँहरूले आफ्नो प्रतिभा देखाउन पाएका छैन । अब का दिनमा सुदूरपश्चिमबाट कसरी खेलाडीहरू उत्पादन गर्ने भनेर आफू लागी परेको अध्यक्ष शाहीले बताए । उनले भने फाप्ला क्रिकेट मैदानको कुरा चलेको धेरै भयो अब त बन्छ कि भन्ने आशा पलाएको बताए ।
लिटल फ्लावरको विजयी सुरुवात
लिटल फ्लावर प्रियिर लिग आठौँ संस्करणको पहिलो खेला आयोजक लिटल फ्लावर बोर्डिङहाईस्कुल र सुदूरपश्चिममा अञ्चल एकेडेमी (एसपिए) बिच भएको खेलमा आयोजक लिटल फ्लावर बोर्डिङहाईस्कुलले जित हात परेको छ ।
टच जितेर पहिले ब्याटिङ रोजेको आयोजक लिटल फ्लावर बोर्डिङहाईस्कुलले १ सय ३६ रनको सुदूरपश्चिमा अञ्चल एकेडेमी (एसपिए) पाएको थियो ।
एसपिएले १६ ओभर खेल्दै ५१ रनमा अलआउट भएको हो । आयोजक लिटल फ्लावरले ८४ रनले जित हासिल गरेको हो । लिटल फ्लावर बोर्डिङहाईस्कुलका कप्तान कृष्ण कार्कीले ६५ रन आफ्नो खातामा जोडेका थिए ।















