धनगढी- कैलालीमा भोली बाट खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको चुरे गाउँपालिकामा हुने भलिबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । बसर युवा क्लब चुरेले आयोजना गर्न लागेको हो । खेल भोली ९ बजे सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले उद्घाटन गर्ने क्लबका अध्यक्ष गणेश देउवाले जानकारी दिए । बडीकेडार निर्माण सेवा प्रा.लिको मुख्य प्रायोजकमा भलिबल प्रतियोगिता मंसिर २३ (भोली ) गते देखी हुने हुने आयोजकले जनाएको छ ।
खेलकुद नै समृद्ध चुरे विकास र पर्यटनको मुख्य आधार भन्ने मूल नाराका साथ चुरे गाउँपालिकाको सर्वाधिक धन राशिको खुल्ला भलिबल प्रतियोगिता ‘चुरे कप २०८०’ को मुख्य प्रयाजोक रूपमा सहयोग गर्नू भएकोमा बडीकेदार निर्माण सेवा प्रा. लि. चुरे ३ कैलाली र यसका सञ्चालक करण साउँदलाई बसर युवा क्लब र आयोजक तर्फ बाट धन्यवाद ज्ञापन गरेको छ ।













