• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

फारवेष्ट पशुपति कपको उपाधिका लागि साविक विजेता स्टार सिटी र ईलाईट भिड्ने

  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित

धनगढी- एनआरएनए छैटौं फारवेष्ट पशुपति कप २०८० को उपाधिका लागि साविक विजेता स्टार सिटी युवा क्लब र ईलाईट युवा क्लब भिड्ने भएका छन् । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा भईरहेको प्रतियोगिताको आज भएका सेमिफाईनल खेलमा जित हात पार्दै साविक विजेता स्टार सिटी र पहिलो सहभागीता जनाएको ईलाई उपाधिका लागि भिड्ने भएका हुन् ।

धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा स्टार सिटी युवा क्लबले बिएस १५ स्पोर्टस एकेडेमीलाई नाटकीय रुपमा ६–२ ले हराउँदै स्टार सिटी लगातार दोस्रो पटक उपाधि नजिक पुगेको हो । पहिलो हाफमा बराबरी खेलेका दुबै टोलीले खेलमा भएका सबै ८ गोल दोस्रो हाफमा भएका हुन् । स्टार सिटीको जितमा कप्तान कुवेर सिंहले ह्याट्रिक गरे ।

दोस्रो हाफको ११ औं मिनेटमा आफ्नो टीमका लागि खाता खोलेका कप्तान कुवेरले २१ औं निमेटमा दोस्रो तथा २९ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । स्टार सिटीका लागि प्रदीप लामाले दुई गोल गर्दा विनोद केवतले एक गोल गरे । प्रदीपले दोस्रो हाफको १५ औं र ३२ मिनेटमा गोल गरे । विनोदले भने खेलको ४१ औं मिनेटमा गोल गरे ।

बिएस १५ स्पोर्टस एकेडेमीका लागि विदेशी खेलाडीद्धय गुईलामे डिनले दोस्रो हाफको ४० औं मिनेट र ग्लोरीले अतिरिक्त समयमा गोल गरे । प्रतियोगिताको दोस्रो ह्याट्रिक सहित हालसम्म ४ गोल गर्दै सर्वाधिक गोलकर्ताको रुपमा रहेका स्टार सिटीका कुवेर सिंह खेलको म्यान अफ द म्याच बने । उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।

धनगढी रंगशालामा भएको दोस्रो सेमिफार्ईनल खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई स्तब्ध पार्दै पहिलो पटक प्रतियोगिता खेलिरहेको ईलाईट युवा क्लबले पनि प्रतियोगिताको फाईनलमा स्थान बनाएको छ । ईलाईटले फारवेष्ट पशुपतिलाई ३–० ले हराएको हो । ईलाईटका लागि विनोद केसी, भुपेन्द्र शाही र योहन्ना चौधरीले एक एक गोल गरे ।

पहिलो हाफको १३ औं मिनेटमा गोल गर्दै विनोदले ईलाईटलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले अगाडी रहेको ईलाईटले दोस्रो हाफमा थप गोल थप्यो । दोस्रो हाफको ८ औं मिनेटमा भुपेन्द्र र ३४ औं मिनेटमा योहन्नाले गोल गरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका ईलाईटका भुपेन्द्र शाही खेलको म्यान अफ द म्याच समेत बने । उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।

पुस ६ गतेदेखि सुरु भएको प्रतियोगिता पुस १४ गते शनिबार सकिनेछ । धनगढी रंगशालामा शनिबार दिउँसो साढे २ बजे उपाधिका लागि स्टार सिटी र ईलाईट प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ ।

  • फारवेष्ट पशुपति कप
बिहिबार, पुष १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.