• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ७. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

फारवेष्ट पशुपति कपको उपाधिका लागि साविक विजेता स्टार सिटी र ईलाईट भिड्ने

  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित

धनगढी- एनआरएनए छैटौं फारवेष्ट पशुपति कप २०८० को उपाधिका लागि साविक विजेता स्टार सिटी युवा क्लब र ईलाईट युवा क्लब भिड्ने भएका छन् । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा भईरहेको प्रतियोगिताको आज भएका सेमिफाईनल खेलमा जित हात पार्दै साविक विजेता स्टार सिटी र पहिलो सहभागीता जनाएको ईलाई उपाधिका लागि भिड्ने भएका हुन् ।

धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा स्टार सिटी युवा क्लबले बिएस १५ स्पोर्टस एकेडेमीलाई नाटकीय रुपमा ६–२ ले हराउँदै स्टार सिटी लगातार दोस्रो पटक उपाधि नजिक पुगेको हो । पहिलो हाफमा बराबरी खेलेका दुबै टोलीले खेलमा भएका सबै ८ गोल दोस्रो हाफमा भएका हुन् । स्टार सिटीको जितमा कप्तान कुवेर सिंहले ह्याट्रिक गरे ।

दोस्रो हाफको ११ औं मिनेटमा आफ्नो टीमका लागि खाता खोलेका कप्तान कुवेरले २१ औं निमेटमा दोस्रो तथा २९ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । स्टार सिटीका लागि प्रदीप लामाले दुई गोल गर्दा विनोद केवतले एक गोल गरे । प्रदीपले दोस्रो हाफको १५ औं र ३२ मिनेटमा गोल गरे । विनोदले भने खेलको ४१ औं मिनेटमा गोल गरे ।

बिएस १५ स्पोर्टस एकेडेमीका लागि विदेशी खेलाडीद्धय गुईलामे डिनले दोस्रो हाफको ४० औं मिनेट र ग्लोरीले अतिरिक्त समयमा गोल गरे । प्रतियोगिताको दोस्रो ह्याट्रिक सहित हालसम्म ४ गोल गर्दै सर्वाधिक गोलकर्ताको रुपमा रहेका स्टार सिटीका कुवेर सिंह खेलको म्यान अफ द म्याच बने । उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।

धनगढी रंगशालामा भएको दोस्रो सेमिफार्ईनल खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई स्तब्ध पार्दै पहिलो पटक प्रतियोगिता खेलिरहेको ईलाईट युवा क्लबले पनि प्रतियोगिताको फाईनलमा स्थान बनाएको छ । ईलाईटले फारवेष्ट पशुपतिलाई ३–० ले हराएको हो । ईलाईटका लागि विनोद केसी, भुपेन्द्र शाही र योहन्ना चौधरीले एक एक गोल गरे ।

पहिलो हाफको १३ औं मिनेटमा गोल गर्दै विनोदले ईलाईटलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले अगाडी रहेको ईलाईटले दोस्रो हाफमा थप गोल थप्यो । दोस्रो हाफको ८ औं मिनेटमा भुपेन्द्र र ३४ औं मिनेटमा योहन्नाले गोल गरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका ईलाईटका भुपेन्द्र शाही खेलको म्यान अफ द म्याच समेत बने । उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।

पुस ६ गतेदेखि सुरु भएको प्रतियोगिता पुस १४ गते शनिबार सकिनेछ । धनगढी रंगशालामा शनिबार दिउँसो साढे २ बजे उपाधिका लागि स्टार सिटी र ईलाईट प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ ।

  • फारवेष्ट पशुपति कप
बिहिबार, पुष १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ
चरेशसहित दुई जना पक्राउ
Ambika Prasad Ghimire: A Dedicated Taekwondo Athlete from Nepal
कैलालीमा भन्सार छलीको सामानसहित एक जना पक्राउ

समाचार

सबै

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

चरेशसहित दुई जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.