• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १२ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

फारवेष्ट पशुपति कपः उपाधि जित्ने दुबै टोलीको दाबी

  •   शुक्रबार, पुष १३, २०८० मा प्रकाशित

धनगढी- एनआरएनए छैटौं फारवेष्ट पशुपति कप २०८० को उपाधि जित्ने दावी साविक विजेता स्टार सिटी युवा क्लब र ईलाईट युवा क्लबले गरेका छन् । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा भईरहेको प्रतियोगिताको फाईनल खेल अघिको प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दावी गरेका हुन् । स्टार सिटी र ईलाईटका प्रशिक्षक तथा कप्तानले उपाधि आफ्नो टीमले जित्ने बताएका छन् ।

स्टार सिटीका कप्तान कुवेर सिंहले आफ्नो टीमल अघिल्ला खेलहरु जस्तै तालमेल मिलाएर च्याम्पीयन हुने बताए । उनले पाएका मौकाहरुलाई सही सदुपयोग गर्दै उपाधि जित्नका लागि सबै खेलाडीहरुले शत प्रतिशत दिने बताए । स्टार सिटीका प्रशिक्षक निलेश बिष्टले टीमको रणनिति अनुसार नै खेलेर उपाधि जित्ने बताए । उनले खेलाडीहरु सबै फिट रहेकोले खेलाडीहरुले आफ्नो क्षमता अनुसार र विपक्षी टीमका खेलाडीहरुको खेलको आधारमा रणनिति बनाएर खेल्ने बताए ।

पहिलो पटक फारवेष्ट कपमा सहभागीता जनाएको ईलाईट क्लबका कप्तान योहन्ना चौधरीले उपाधि जित्ने बताएका छन् । ग्रामीण क्षेत्रका खेलाडीहरुसँगै राष्ट्रिय खेलाडी र दुई जना विदेशी खेलाडी टीममा रहेको र खेलाडीहरु बीच पछिल्ला खेलहरुमा तालमेल मिल्दै गएकोले उपाधि जित्ने गरी खेल्ने उनले बताए ।

उनले खेलाडीहरु शारिरीक र मानसिक रुपमा क्लबलाई उपाधि जिताउनका लागि खेलाडीहरु तयार रहेकोले पनि नतिजा आफ्नोतिर आउनेमा ढुक्क रहेको बताए । ईलाईटका प्रशिक्षक अमर चौधरी पनि अनुभवी युवा र उदयमान खेलाडीहरुको समिश्रण राम्रो रहेको र सबै जना खेलाडीहरुको तालमेल मिलिरहेको बताउँदै उपाधि जित्ने बताए ।

उनले धनगढीको प्रतिष्ठित क्लबसँगको फाईनल खेल खेल्नका लागि सम्पुर्ण रुपमा तयार रहेको बताउँदै पहिलो सहभागीततमामै क्लबलाई ठुलो उपलब्धीको रुपमा उपाधि दिलाउन खेल्ने जानकारी दिए ।  गत बर्षको विजेता स्टार सिटी लगातार दोस्रो पटक उपाधिमाथि कब्जा गर्न चाहन्छ । उसका कप्तान कप्तान कुवेर सिंह सर्वाधिक गोलकर्ताको पहिलो नम्बरमा छन् भने उनको नाममा एक ह्याट्रिक पनि छ ।

उनी हालसम्म खेलिएका तीन खेल मध्ये दुई खेलमा म्यान अफ द म्याच भएका छन् । यसका साथै स्टार सिटीमा रहेका नेपाली राष्ट्रिय टोली र ए डिभिजन क्लबाट खेलेका खेलाडीहरुका साथै धनगढी र विभिन्न स्थानका खेलाडीहरु भएका कारण स्टार सिटी उपाधि जित्ने गरी मैदान उत्र्रिनेछ ।

पहिलो खेलमा पुर्नवास नगर खेलकुद विकास समितिलाई २–० ले हराएको स्टार सिटीले क्वाटरफाईनलमा घोडाघोडी युबा क्लबलाई १–० ले हराएको थियो । सेमिफाईनलमा भने उत्कृष्ट प्रदर्शन गर्दै स्टार सिटीले बिएस १५ स्पोर्टस एकेडेमीलाई ६–२ ले हराएर उपाधि नजिक पुगेको हो ।

हालसम्मका खेलमा एकै खेलमा त्यो पनि एक हाफमा सबैभन्दा बढी ८ गोल भएको खेल नै स्टार सिटी र बिएस १५ बीचको रहेको छ । स्टार सिटीले हालसम्म दुई गोल खाँदा विपक्षीको पोष्टमा ९ गोल गरेको छ । फाईनलसम्मको यात्रामा बलिया र उपाधि दावेदार टोलीलाई हराएकोले स्टार सिटीले उपाधि जित्नका लागि उत्कृष्ट प्रदर्शन गर्ने क्लबले जनाएको छ ।

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ को ईलाईट क्लब पनि पहिलो सहभागीतमा पहिलो उपाधि जित्न चाहन्छ । प्रतियोगितामा हालसम्म भएका दुई ह्याट्रिकमा एक ह्याट्रिक गरेका हरिश भट्ट ईलाईटमा छन भने उनी सर्वाधिक गोलकर्ताको दोस्रो नम्बरमा छन् । यस्तै निकै लामो समयदेखि सुदुरपश्चिमको फुटबलसँग आबद्ध भएका खेलाडीहरुका साथै दुई जना विदेशी खेलाडीको प्रदर्शनले ईलाईटले फाईनलसम्मको यात्रा तय गरेको हो ।

फाईनलसम्मको यात्रामा ईलाईटले सबैभन्दा कम १ गोल मात्रै खाएको छ भने हालसम्म ९ गोल गरेको छ । जस कारण पनि ईलाईटले उपाधिमाथि दावेदारी गरिरहेको छ । पहिलो खेलमा अल स्टार्स स्पोर्टस एकेडेमीमाथि १–० को जित निकालेको ईलाईटले क्वाटरफाईनलमा नेपाल प्रहरी सुदुरपश्चिम प्रदेशलाई ५–१ ले हराएको थियो । सेमिफाईनलमा बलियो आयोजक फारवेष्ट पशुपति युवा क्लबमाथिको ३–० को जितले टोलीलाई उच्च मनोबलमा राखेको छ । उपाधि जितेर लैजाने पक्षमा रहेको ईलाईटले जनाएको छ ।

छैटौ संस्करणको उपाधि भिडन्त धनगढी रंगशालामा दिउँसो २ बजे हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ ।

  • फारवेष्ट पशुपति कप
शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १२ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.