कैलाली- कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका–९ पहलवानपुर झुलंगे पुल नजिकै भित्री सडक खण्डबाट घोडाघोडी नगरपालिका–१ सुखडका २६ वर्षीय प्रसान्त चौधरी र भजनी नगरपालिका–४ का २७ वर्षीय अभिशेख चौधरी ६ ग्राम ६३० मिलीग्राम लागुऔषधसहित पक्राउ परेका हुन्।
प्रसान्तले चलाएको से ४ प ३४४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई ईलाका प्रहरी कार्यालय भजनीबाट सादा पोसाकमा खटिगएको प्रहरी टोलीले शनिवार साँझ पक्राउ गरेको हो। दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।













