काठमाडौँ- सुदूरपश्चिम समाज अमेरिकाले दानसिंह बिस्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । न्यूयोर्कमा हालै सम्पन्न ५ औं साधारण सभाले सन् २०२३/२०२५ को लागि निर्वाचित गरेको १३ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नविनकुमार ओझा, उपाध्यक्षमा रैभान महरा, महासचिवमा हरिदत्त जोशी, सचिवमा गणेश बिस्ट, कोषाध्यक्षमा भीम खत्री र सह-कोषाध्यक्षमा सुनी गुरुङलाई चयन गरेको हो ।
त्यस्तै सदस्यहरुमा लक्ष्मी पन्त, सविन चन्द, चक्रसिंह रावल, भरत सिंह खड्का, डम्बर खत्री र बिपिन कार्की निर्विरोध निर्वाचित भएका छन् । दुई जनालाई पछि मनोनयन गरिने संस्थाले जनाएको छ । सन् २०१२ मा अमेरिकामा रहेका नेपाली सुदूरपश्चिमेलीहरुले सुदूरपश्चिम क्षेत्रको सर्वाङ्गीण विकासका लागि यो संस्था स्थापना गरेका हुन् ।
संस्थाले स्थापना कालदेखि न्यूयोर्कमा सुदूरपश्चिमका पर्वहरुलाई मध्यनजर गर्दै वार्षिक रुपमा गौरा, बिशु होली पर्व आयोजना गर्ने गरेको छ। त्यसका साथै हरेक वर्ष न्यूयोर्कमा आयोजना गर्ने नेपाल डे परेडमा पनि सहभागिता जनाउने गरेको छ ।
नवनिर्वाचित अध्यक्ष बिस्टले नयाँ कार्यसमितिले आगामी २ वर्षमा सामुदायिक विकास, सांस्कृतिक संरक्षण, र सामाजिक पहलहरूमा आफ्नो स्थान बलियो बनाउदै संस्थालाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाए ।













