काठमाडौं- गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा रहेको गीत सार्वजनिक गरिएको छ । गीतमा रिमेश कुमारको संगीत र जनक वाग्लेको शब्द छ ।
गीतको भिडियो पनि निर्माण गरिएको छ । गीतले आफू आफ्नै हुन नसकेको अवस्थामा अरुको कसरी हुन सकिन्छ भन्ने कथा समेटेको छ ।भिडियोमा अभिनेता सरोज खनाल र नायिका शिल्पा पोखरेलको अभिनय छ ।
सुलोचना गौतम र सुशान्त ढकालको पनि अभिनय हेर्न सकिन्छ ।रामकुमार केसीको छायांकन, विजेश पौडेलको सम्पादन रहेको यो गीतको भिडियोलाई रसरंग मिडियाले तयार पारेको हो ।













