धनगढी- सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग पछिल्लो समय प्रायोजक जोडिने क्रम बढेको छ । हिजो मात्रै काठमाडौँको रामसाहपथमा रहेको भिएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्टेन्सीले सुदूरपश्चिम प्रादेशिक क्रिकेट टिमलाई जर्सी प्रदान गरेको हो ।
काठमाडौँमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलिरहेको सुदूरपश्चिम टिमका सदस्यहरूलाई र चितवनमा जारी मैयादेवी यु९१९ टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलिरहेको सुदूरपश्चिम प्रदेशको महिला टोलीका सदस्यहरूलाई भिएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्टेन्सीले एकर एक जोर जर्सी प्रदान गरेको प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले बताए ।
अध्यक्ष जोशीले भने भिएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्टेन्सीका सञ्चालक भरत तिमिल्सिनाले हामीलाई ठुलो सहयोग गर्नुभएको छ उहाँलाई हार्दिक धन्यवाद दिन चाहान्छौं । यसरी प्रायोजन गर्ने साथीहरू जोडिदा हामीलाई पनि हौसला मिल्छ खेलाडीलाई नि केही न केही राहत मिल्छ, हामी सबै मिलेर देशको क्रिकेट अघि बढाउने हो अध्यक्ष जोशीले भने ।

भिएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्टेन्सी काठमाडौँ, चितवन र बुटवलमा शाखा सञ्चालन गरी वैदेशिक रोजगारीमा जाने चाहानेहरुलाई सही परामर्श दिएर काम गरिरहेको सञ्चालक भरत तिमिल्सिनाले बताए ।
सुदूरपश्चिम प्रदेशको क्रिकेट टिमलाई यो भन्दा अगाडि पनि धेरैले प्रायोजन गरिसकेका छन् । केपी ओली कप पोखरामा सञ्चालन हुँदा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य एवं माया मेट्रो अस्पताल धनगढीका अध्यक्ष धिरेन्द्र साउँदले पनि ज्याकेट प्रायोजन गरेका थिए ।
जारी प्रधानमन्त्री कपमा प्रादेशिक क्रिकेट संघका सदस्य तेज कार्कीले १५ जोर किड ब्याग उपलब्ध गराएका थिए भने सुदूरपश्चिमाञ्चल एकेडेमी धनगढीले पनि जर्सी प्रायोजन गरेको थियो ।















