काठमाडौँ- फिफा विश्वकप २०२६ को फाइलन खेल अमेरिका इस्ट रदरफोर्ड, न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०२६ को जुलाई १९ मा हुने फाइनल खेल उक्त स्टेडियममा हुने जानकारी आइतबार दिएको हो।
विश्वकप २०२६ का खेल तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा हुनेछन्। अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ स्थानमा विश्वकपका खेल हुनेछन्। सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी हुनेछन्।














