काठमाडौं- हास्यकलाकार जितु नेपालले सञ्चालन गर्दै आएको कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ। मंगलबार सामाजिक सञ्जालमार्फत जितुले शो बन्द गर्ने घोषणा गरेका हुन्।
‘हामीले कार्यक्रम रोकेका छौं। मुन्द्रेको कमेडी क्लबले तीन सिजनसम्मको यात्रा तय गरिसक्यो। यो पनि हाम्रो लागि ठूलो उपलब्धि हो’ उनले भने, ‘अब म मुन्द्रेको कमेडी क्लब नै ल्याउदिनँ। फरक खाल्को कार्यक्रम ल्याउँछु।’
मुन्द्रेको कमेडी क्लब तेस्रो सिजनसम्म आइपुग्दा १८४ एपिसोड प्रसारण भएको छ। शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेकी छन् भने निर्देशकमा दिनेश डिसी छन्। त्यस्तै कलाकारहरूमा दमन रूपाखेती, प्रभात लामा, राधिका कँडेल, दिनेश काफ्ले, एलिना बाँस्कोटालगायत छन्।













