कैलाली- कैलालीमा क्षयरोग मुक्त अभियान तीन पालिकाबाट सुरु गरेको छ । आज विश्व क्षयरोग दिवस २०८० को अबसरमा जनस्वास्थ्य कार्यालय कैलालीले आयोजना गरेको पत्रकारहरु संगको अन्र्तकृयामा सो जानकारी दिएको हो ।
कैलालीको घोडाघोडी ,टीकापुर र लम्कीचुहा नगरपालिकाबाट सो अभियान थालनि गरेको स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठरोग अधिकृत मनोज ओझाले जानकारी दिए ।
त्यस्तै सुदूरपश्चिमका १५ र देश भरीका एक सय २५पालिकाबाट पनि सो अभियान लागु गरिएको उनले बताए । २०७८।७९ बाट सुरु भएको अभियान ७ सय ५३ स्थानीय तहमा पु¥याइ सक्ने सरकारले लक्ष्य लिएको उनको भनाई छ ।
नेपालमा यो बर्ष २ हजार ८८ जना क्षयरोगी बिरामी पत्ता लागेको उनले बताए । सुदूरपश्चिममा खुल्ला सीमानाका कारण चेकजाचमा चुनौती थपिएको उनको भनाइ छ । अछाम,डोटी क्षेत्रबाट बसाईसरी कैलाली आउनाले पनी क्षयरोगी पत्ता लगाउन चुनौती थपिएको बताउँदै सोचे अनुसारका बिरामी पत्ता लगाउन चुनौति रहेको उनले बताए ।
प्राईभेट सेक्टरमा उपचार गराइरहेका बिरामीलाई समेट्न नसक्नु मुख्य चुनौती भएको उनले बताए । एचआईभी बिरामीमा क्षयरोग बढी हुने गरेको उनले बताए । क्षय रोग पत्ता लगाउन समयमै खकार जाँच गनुपर्ने उनले बताए । सुदूरपश्चिममा पहिले भन्दा अहिले क्षयरोगका बिरामी घट्दै गएको उनको भनाइ थियो ।













