सधैँ जवान बन्नका लागि हरेक व्यक्तिले निम्न कुराहरुमा ध्यान दिन जरुरी छः
१. जस्तो सुकै समस्या आइपरे पनि चिन्ता नलिनुहोस्, मनमा कदापी डर नपाल्नुहोस् ।
२. सधैँ मनमा यस्तो विचार जागृत गराउनुहोस् कि म खानको लागि होइन, बाँच्नको लागि खाँदैछु ।
३. स्वच्छ र हरियाली वातावरण भएको ठाँउमा बस्नुहोस् या घुमफिर गर्नुहोस् । एकान्त वा अँध्यारो ठाउँमा नबस्नुहोस् । सधैं खुल्ला प्रकाशयुक्त ठाउँमा बस्नुहोस् । वायु र प्रकाशले स्नान गर्ने बानी बसाल्नुहोस् ।
४. हरेक दिन बिहान ओछ्यानबाट उठ्नासाथ म एकदिन बुढो भएँ भनेर चिन्ता लिनुको सट्टा म एकदिन युवा भएँ भनेर आनन्द लिनुहोस् ।
५. हाम्रो सामु सम्पूर्ण अनन्त विद्यमान छन् भने हामी कसरी बुढो हुन सक्छौं, यस्तै सोच्नुहोस् ।
६. जीवनमा परिपक्क पुरुषत्व र स्त्रीत्व भएका मानिस झनै शक्तिशाली र सुन्दर देखिन्छन्, महान व्यक्तिहरुका यस्तै भनाइलाई सदैव मनन गर्नुहोस् ।
७. बाह्य लोभ, लालच, अत्याधिक सम्पत्तिको चाहना र चिन्ताबाट सधैं मुक्त रहनुहोस्, सधैं हाँसी खुशी प्रशन्न रहनुहोस्, बच्चाजस्तै बनिरहनुहोस् ।
८. आफूसँग जे छ त्यसैमा सन्तुष्ट रहने बानी बसाल्नुहोस्, असन्तोष शंका तथा इष्र्या आदिबाट बच्नुहोस् ।
९. मौसम तथा आफ्नो स्वास्थ्य स्थिति हेरेर दिनहुँ स्नान गर्नुहोस् ।
१०. हल्का एवं सात्विक भोजन गर्नुका साथ शारीरिक अवस्था हेरेर नियमित योगासन तथा प्राणायाम गर्नुहोस् । ध्यान गर्नुहोस् ।
११. राती सुत्ने बेलामा एक गिलास दूध पिउनुहोस् । बेलुकी समयमै सुत्ने र बिहान सबेरै उठ्ने बानी बसाल्नुहोस् । समयमै खाना खाने र समयमै शौच गर्र्ने बानी बसाल्नुहोस् । सक्नुहुन्छ भने नियमित तवरले दिनहुँ १००–२०० ग्राम फलफूल (स्याउ, सुन्तला, अनार आदि मौसमअनुसारको) को सेवन गर्दै जानुभयो भने तपाईं सदैव स्वस्थ एवं तन्तुरुत हुनुहुन्छ, साथै जवान पनि ।
साभारः ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट














