अरु देशमा गाईले दूध दिन्छ ।
हाम्रो देशमा गाईले राजनिती गर्छ ।
अरु देशमा गाईले कर्म गर्छ ।
हाम्रो देशमा गाईले धर्म गर्छ ।
अरु देशमा गाइले मासु दिन्छ ।
हाम्रो देशमा गाईले मुत खुवाउँछ ।
अरु देशमा गाईलाई फाराममा पालिन्छ ।
हाम्रो देशमा गाईलाई सडकमा फालिन्छ ।
अरु देशमा गाई पाल्नेले
पशुरक्षाका कुरा गर्छन् ।
हाम्रो देशमा दूध खाएर
गाई सडकमा छाड्नेले
र कहिल्यै गाईको भकाराे नसाेर्नेले
गाैरक्षाका कुरा गर्छन् ।
अरु देशमा सरकारी अनुदानमा
गाईको नश्ल विकास र संरक्षण गर्छन् ।
हाम्रो देशमा अनुदान आफू खान्छन्
र गाैशालामा गाईलाई भाेकै मार्छन् ।
अरु देशले गाईकाे छालाबाट
जुत्ता र ज्याकेट बनाउछन् ।
हड्डीबाट मल र भाँडाकुँडा बनाउछन् ।
हाम्रो देशमा यात मट्टिमा कुहाउछन्
यात स्याल गिद्धलाई खुवाउँछन् ।
अनि बिचरा
अनजान प्राणी गाईकाे नाममा
कसैले राजनीतिको झण्डा उचाल्छन् ।
कसैले धर्मको डण्डा बर्साउछन् ।
जसले गाईलाई माता मान्छन्,
तर गाेरुलाई बाउ मान्दैनन् ।
तिनैले नारा लगाउछन्
गाैमाताकाे जय हाेस
गाई पाल्नेकाे नाश हाेस् ।
हाे, गाई पाल्ने र फाल्ने बीच
अरु देश र हाम्रो देशमा फरक यही छ । लेखक : ओमप्रकाश पुन
केन्द्रीय सदस्य
नेकपा (माओवादी केन्द्र)
गाई
गाई
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













