• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

दश महिनाको अवधिमा १ करोड राजस्व संकलन

  •   सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को हालसम्म रु एक करोड ९३ हजार छ सय २८ राजस्व संकलन गरेको छ ।नगरपालिकाको राजस्व शाखाका प्रमुख लोकराज भट्टका अनुसार सम्पत्ति करबाट रु १० लाख दुई सय ८१, भूमिकर रु १४ लाख १४ हजार नौ सय ६३, बहाल कर रु १५ लाख ५९ हजार एक सय ५९, बहाल विटौरी कर रु दुई लाख ४८ हजार सात सय ७७, व्यवसाय कर रु १२ लाख पाँच हजार नौ सय ६१ राजस्व संकलन भएको छ ।

यसैगरी, अन्य करबापत रु ६२ हजार छ सय ५६, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय रु दुई लाख ३१ हजार सात सय ५०, रोयल्टीबापत रु एक लाख ३० हजार एक सय ४२, अन्य सेवा शुल्क रु चार हजार २०, न्यायिक दस्तुर रु तीन हजार, नक्सापास दस्तुर रु तीन लाख २१ हजार तीन सय ८०, सिफारिस रु १८ लाख दुई सय ८७ राजस्व संकलन भएको छ ।

योसँगै व्यक्तिगत घटना दर्ता दस्तुर रु चार लाख एक हजार तीन सय १०, नाता प्रमाणित दस्तुर रु ३६ हजार पाँच सय ४८, अन्य दस्तुर रु आठ लाख ८७ हजार छ सय ३६, प्रशासनिक दण्ड जरिवानाबापत रु दुई लाख ५५ हजार, अन्य राजस्व रु दुई लाख ३४ हजार छ सय ३३ र बेरुजुबापत रु दुई लाख ९६ हजार एक सय २५ राजस्व संकलन भएको छ ।

संकलित राजस्वमा नगरपालिकाका १२ वटै वडाबाट रु ४२ लाख ४९ हजार चार सय ९२ र नगरपालिका कार्यालयबाट रु ५८ लाख ४४ हजार एक सय ३६ रकम रहेको शाखा प्रमुख भट्टको भनाइ छ । करका दायरा फराकिलो बनाउँदै राजस्व सुधार कार्ययोजना तयार गरी आन्तरिक आय वृद्धि गर्न विशेष अभियान सञ्चालन गरिन लागेको शाखा प्रमुख भट्टले बताए ।

“नगरभित्र रहेका दिगो र भरपर्दो कर योग्य क्षेत्रको पहिचान गरी करदाता अनुकूल कर निर्धारण गरेर करको दायरा फराकिलो बनाउन आगामी योजनामा समावेश गर्दैछौँ”, नगर उपप्रमुख कल्पना पन्तले भनिन्, “वडास्तरबाटै सम्पूर्ण कर विद्युतीय प्रणालीमार्फत संकलन गरिने व्यवस्था गर्दैछौँ ।”

कर प्रणालीलाई सरल, सहज, नागरिकमैत्री बनाइने उल्लेख गर्दै उनले प्रत्येक वडामा कर अभियान सञ्चालन गरी कर संकलनमा सहजता ल्याइने बताइन् । नगरपालिको आन्तरिक आय न्यून भएकाले नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) वन पैदावरजन्य प्राकृतिक स्रोतको बिक्रीवितरणबाट राजस्व अभिवृिद्ध गर्न रणनीतिकरुपमा अगाडि बढ्ने योजना रहेको चर्चा गर्दै उनले नगरपालिका क्षेत्रमा सञ्चालित व्यवसायलाई करको दायरामा ल्याउने नीति अवलम्बन गरिने बताइन् ।

उनका अनुसार करको दायरामा परी कर तिर्न अटेर गर्नेलाई दण्ड जरिवाना तथा नियमित कर तिर्नेलाई सम्मान तथा पुरस्कृत हुने व्यवस्था मिलाइनेछ । व्यवसाय दर्ता गरेर लामो समयबाट सञ्चालनमा नरहेका अवस्थाका व्यवसायीको लगत लिइ व्यवस्थापन गरिनेछ । राजस्व सुधार कार्ययोजनालाई कार्यान्वयन गर्दै राजस्व संकलनलाई प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै उनले आन्तरिक राजस्व वृद्धिमा उल्लेख्य योगदान गर्ने कर्मचारी र करदातालाई सम्मान र पुरस्कृत गर्ने व्यवस्था गरिने बताइन् । रासस

 

  • राजस्व संकलन
सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.