• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

सुदूरपश्चिममा ५१ हजार हेक्टर जमिन बाँझो

  •   सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित

धनगढी– सुदूरपश्चिम प्रदेशमा ५१ हजारभन्दा बढी जमिन बाँझो रहेको एक तथ्यांकले देखाएको छ । कृषि उपकरण, मल, बीउ र सिँचाइ अभाव, जनशक्ति पलायन, बसाइँसराइ लगायतका कारण बाँझो जमिन बढ्दै गएको हो । सुदूरपश्चिम प्रदेशमा ५१ हजार २७० हेक्टर जमिनमा खेती नभएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । प्रदेशमा कुल कृषियोग्य जमिन तीन लाख ६९ हजार ७९६ हेक्टर छ भने तीन लाख १८ हजार ५२६ हेक्टर जमिनमा मात्रै कृषि भएको छ ।

निर्देशनालयका अनुसार कैलालीमा ९० हजार, कञ्चनपुरमा ५९ हजार ६०२ र अछाममा ५६ हजार ३४७ हेक्टर जमिन कृषियोग्य छ । चौथो नम्बरमा बाँझो जमिन छ । प्रदेशका नौ जिल्लामध्ये बाँकी जिल्लामा कृषियोग्य जमिन ३२ हजार हेक्टरभन्दा कम छ । डोटीका तीन हजार २७६, डडेल्धुरामा ११ हजार ६१६, बैतडीमा ३१ हजार ४८५, बाजुरामा २४ हजार ३१९, बझाङमा ३४ हजार ६०७ र दार्चुलामा २९ हजार ५४४ हेक्टर जमिन कृषियोग्य छ ।

ती कृषि योग्य जमिनमध्ये सबैभन्दा बढी १३ हजार ९३४ हेक्टर जमिन अछाम जिल्लामा बाँझो छ । सबैभन्दा कम डडेल्धुरा जिल्लामा ९४९ हेक्टर जमिन बाँझो छ । तुलनात्मक रूपमा तराईभन्दा पहाडका जिल्लामा बढी जमिन बाँझो छोडिएको छ । सुदूरपश्चिम आर्थिक सरोकार मञ्चका संयोजक उपप्राध्यापक डा। राजेन्द्रवीर चन्दले पहाडी जिल्लाबाट हुने बसाइँसराइ, युवा जनशक्ति पलायन, सिँचाइ, मल र बीउ उपलब्धता नभएको कारण उत्पादकत्व कम हुनु लगायतका कारणले पहाडी जिल्लामा बढी जमिन बाँझो रहन गएको बताए ।

उनले कृषिमा गरेको मिहिनेतले वर्षभरी काम गरी चार महिना मुस्किलले खान पुग्ने, स्थानीयस्तरमा अन्य रोजगारीको अवसर नहुनु लगायतका कारण बसाइँ सर्नुका साथै जनशक्ति पलायन भएपछि जमिन बाँझो रहन गएको बताए । निर्देशनालयको तथ्यांकअनुसार दार्चुलामा ६ हजार ७१९, बझाङमा ६ हजार ३९३, बाजुरामा ४ हजार १६४, बैतडीमा ५ हजार ७८५ र डोटीमा ६ हजार ७७६ हजार हेक्टर जमिन बाँझो छ भने सबैभन्दा बढी कृषियोग्य जमिन रहेको कैलालीमा तीन हजार ५५० र कञ्चनपुर तीन हजार हेक्टर जमिन बाँझो छ ।

उपप्राध्यापक डा। चन्दले तराईमा कृषियोग्य जमिन घडेरीका लागि होल्ड भएका कारण बाँझो रहेको बताए । प्रदेश कृषि विकास निर्देशनालयका सूचना अधिकारी केशव पाण्डेले पनि जनशक्ति पलायन, बसाइँसराइ, कृषिबाट हुने आम्दानीले घर गुजारा नचल्नु, कृषिका लागि आवश्यक आधारभूत सुविधाको अभावलगायतका कारणले जमिन बाँझो रहन गएको बताए ।

कृषियोग्य जमिन भए पनि कृषि कार्य नगरिएको जमिनमध्ये कतिपय जमिन चरण क्षेत्र, निजी वन वनेलो, पोखरी ताल रहेपछि त्यस्तो आधाभन्दा बढी जमिन बाँझो रहेको बताए । उनले कृषि गणना २०७८ ले सुदूरपश्चिम प्रदेशमा योभन्दा बढी जमिन बाँझो देखिएको बताए । कृषि गणनामा कृषक परिवारले सुदूरपश्चिम प्रदेशमा एक लाख ९२ हजार ८८५ हेक्टर जमिनमा कृषि गरिरहेको उल्लेख गरिएको छ । सोमध्ये एक लाख १६ हजार ५६४ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उल्लेख छ ।

कुल कृषियोग्य जमिनमध्ये बाजुरा २८.८८, बझाङ्गमा ३३.७४, दार्चुलामा १७.८४, बैतडीमा १४.६३, डडेल्धुरामा ३२.३१, डोटीमा ३८.२४, अछाममा ३२.२८, कैलालीमा ८७.७४ र कञ्चनपुरमा ८९.२१ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको कृषि गणना प्रतिवेदनमा उल्लेख छ । कृषियोग्ग जमिन बाँझो हुन नदिन कृषिको उत्पादकत्व बढाउन कृषियन्त्र, बीउ, बाह्रै महिना सिँचाइ सुविधा, कृषकलाई सीप तालिम उपलब्ध गराउनुका साथै स्थानीयस्तरमा रोजगारीको व्यवस्था गर्नुपर्ने उपप्राध्यापक डा। चन्दले बताए । उनले यसका साथै पहाडी जिल्लामा पनि स्वास्थ्य, शिक्षा, रोजगारी, यातायात, विद्युतलगायत आधारभूत सेवा उपलब्ध गराउन आवश्यक रहेको बताए । कारोबारबाट

  • हेक्टर जमिन बाँझो
सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप
चाडपर्वअघि अत्तरिया बजारमा अनुगमन तीव्र
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.