काठमाडौँ- फिल्म ‘भाइरल गोर्खे’मा सञ्चारकर्मी तथा ऋषि धमला अनुबन्धित भएका छन् । बिहीबार निर्माता र धमलाबीच लिखित सहमति भएको छ । निगम श्रेष्ठका अनुसार उनी फिल्ममा पत्रकारको महत्वपूर्ण भूमिकामा देखिने छन् ।
धमलाको यो पहिलो फिल्म भने होइन । उनले यसअघि माल्भिका सुब्बाले निर्माण गरेको ‘हाउ फन्नी’मा अभिनय गरिसकेका छन् । ‘भाइरल गोर्खे’को छायांकन यसैसातादेखि लमजुङको भुजुङमा सुरु भएको छ । यसमा सौगात मल्लसहित सृष्टि श्रेष्ठको शीर्ष भूमिका छ ।























