• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

  •   शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै बढी रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार आयातित औलोका बिरामीको सङ्ख्या एक सय ३९ रहेको छ भने स्थानीय औलोका बिरामीको सङ्ख्या ११ रहेको छ । प्रदेशमा औलोका बिरामीको कूल सङ्ख्या एक सय ५० रहेको छ ।

गत वर्ष आयातित औलोका बिरामीको सङ्ख्या एक सय ८४ र स्थानीय बिरामीको सङ्ख्या ३९ रहेको थियो । आयातित औलोका बिरामीमा अधिकांश भारतबाट फर्केकाहरु रहने गरेका छन् । “भारतमा कमाउन जानेहरु औलोको सङ्क्रमणमा परेपछि घर फर्कने गर्दछन्”, अधिकृत जोशीले भने, “औलोको परजीवी बोकेर भारतबाट फर्कनेलाई लामखुट्टेले टोकेर, त्यसपछि अरुलाई टोक्दा परजीवी सारेर सङ्क्रमण गराउँदछ ।”

खुला सीमा क्षेत्र भएकाले औलोको सङ्क्रमणमा परेका सिधै घर पुग्ने गर्दछन् । सीमा क्षेत्रमा रक्त परीक्षणको भरपर्दो व्यवस्था नहुँदा पनि औलो रोकथाममा समस्या रहेको उनको भनाइ छ । उनकाअनुसार आयातित औलोको सङ्क्रमण रोक्नका लागि समुदायमा खोजपडतालको कार्य गरिँदै आएको छ ।

“समुदायमा भारतलगायत अन्य क्षेत्रबाट औलोको सङ्क्रमण भएर आएका व्यक्तिबारे अध्ययनको कार्य गर्छौं”, उनले भने, “बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्थामा पठाइने गरिन्छ, औलो सार्ने लामखुट्टेबारे अध्ययन र अनुसन्धानको कार्य पनि गर्दै आएका छौँ ।” यसै कारणले औलोका बिरामीको सङ्ख्या विगतको तुलनामा घट्दै गएको उनले जानकारी दिए ।

जलवायु परिवर्तनको असरले पृथ्वीको तापक्रममा वृद्धि भएसँगै र सडक यातायातको व्यवस्थाले तराई क्षेत्रमा पाइने लामखुट्टे हाल पहाडीदेखि हिमाली जिल्लामा पनि पाइन थालेको उनले उल्लेख गरे । औलोका दुई किसिमका परजीवी पाइने गरेको जानकारी दिँदै उनले जसमा प्लाज्मोडियम फाल्सीपारम र प्लाज्मोडियम भाइभेक्स रहेका छन् ।

त्यसमध्ये प्लाज्मोडियम फाल्सीपारम परजीवीलाई जटिल प्रकृतिको मानिन्छ । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा फेला परेका एक सय ५० औलोका बिरामीमध्ये प्लाज्मोडियम फाल्सीपारम परजीवीको सङ्क्रमण भएका बिरामीको सङ्ख्या २० रहेको छ । अन्य एक सय ३० मा प्लाज्मोडिम भाइभेक्स परजीवी फेला परेको अधिकृत जोशीले बताए ।

जोशीले सबैभन्दा बढी औलोका बिरामी ७४ जना कैलालीमा देखा परेकामा त्यसपछि कञ्चनपुरमा २७, अछाममा २०, बाजुरामा ११, डोटीमा सात, बझाङमा दुई, बैतडीमा तीन र डडेल्धुरामा छ जना औलोका बिरामी देखा परेको बताए । उनका अनुसार सुदूरपश्चिममा औलोको उच्च जोखिममा रहेको जनसङ्ख्या २४ लाख ८६ हजार रहेको छ ।

औलोका बिरामी पत्ता लगाउन ९५ हजार तीन सय ५० जनाको रक्त नमूना परीक्षणको कार्य गरिएको छ । औलोको उच्च जोखिम क्षेत्रमा रहेका ८५ हजार पाँच सय ५३ समुदायमा कीटनाशक झुल वितरणको कार्य गरिएको छ ।

गर्भवती तथा जोखिम समूहका लागि ११ हजार सात सय ४६ कीटनाशक झुल वितरण गरिएको छ । औलोको सङ्क्रमण रोक्नका लागि विषादी छिड्काउबाट ५१ हजार दुई सय १७ जना लाभान्वित भएका छन् । औलो सङ्क्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । औलोबाट बच्ने मुख्य उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु रहेको छ ।

औलो लागेमा टाउको दुख्ने, वाकवाकी हुने, वान्ता हुने हातखुट्टा तथा जोर्नी दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखा पर्ने गर्दछन् । लामखुट्टेको टोकाइबाट बच्नका लागि पूरा शरीर छोप्ने लुगा लागाउने, सुत्दा कीटनाशक झुलको प्रयोग गर्ने, घर वरिपरिको पानीका खाल्डाखुल्डी पुर्ने, घर वरिपरिको घाँसलगायतको झाडी सफा गर्ने, धुप बाल्नेलगायत गर्नुपर्दछ ।

औलो रणनीतिक योजना २०१४–२०२५ अनुसार देशलाई सन् २०२५ सम्म औलो मुक्त राष्ट्र बनाउने परिकल्पना गरिएको छ । यस अवधिमा औलो निवारणका लागि गुणस्तरीय सेवामा समुदायको पहुँच अभिवृद्धि गर्ने, औलो रोकथाम तथा महामारीमा तत्काल प्रतिकारात्मक कार्य गर्ने रहेको छ । रासस

  • औलोका बिरामी
शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.