• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

किसानका पीडा : आगोले गहुँबाली खायो, हामी के खाने ?

  •   शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ बाबास्थानका सन्तोषबहादुर मगरले महिनौं मेहनत गरेर फलाएको गहुँ काटेर घर भित्र्याउने तयारीमा थिए। त्यहीबेला गत साता एक्कासि आगलागी भएपछि गहुँबालीको थुप्रो खेतमै जलेर खरानी भयो।

महिनौंको मेहनत आगोको लप्काले क्षणभरमै खरानी भएपछि मगर चिन्तित छन्। ‘महिनौं मिहेनत गरेर उब्जाएको गहुँको एक दाना पनि जोगाउन सकिएन। आगोले क्षणभरमै सबै खरानी बनायो’, मगर भन्छन्, ‘घरभित्रको अन्नपात पनि सकियो, भित्र्याउनै आँटेको गहुँबाली पनि खरानी भएपछि अब के खानु र कसरी बाँच्नु १’

मगर परिवारले १२ कट्ठा जमिनमा गहुँबाली उब्जाएको थियो। त्यही अन्नले १५ जनाको परिवारको छाक टार्नुपर्ने थियो। विगतका वर्षभन्दा यस वर्ष पर्याप्त सिँचाइ तथा उन्नत जातको बीउ प्रयोग भएकाले मगर परिवार तुलनात्मक रूपमा विगतभन्दा बढी गहुँ हुने आशामा थियो।

उनी भन्छन्, ‘यो वर्ष तीन-चार पटक सिँचाइ गर्‍यौं। उन्नत जातको बीउ र पर्याप्त मलखाद प्रयोग भएकाले अघिल्लो वर्षभन्दा राम्रो उत्पादन हुने आशा थियो तर आगोले गहुँ मात्रै होइन, हाम्रो आशा पनि खरानी बनाइदियो।’

बाबास्थानकै नरेश कुमालको पनि सोही दिनको आगलागीले एक बिघा जमिनको गहुँबाली जलेर नष्ट भयो। यतिबेला कुमाललाई सातजनाको परिवारलाई के खुवाउने र गोठमा रहेका बीस बाख्रा र तीन भैंसीलाई वर्षभरि कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ।

‘गहुँ काटेर मुठा बाँधिसकेका थियौं। आगोले पूरै जलेर खरानी भयो। अहिलेसम्म यस्तो विपत्ति कहिल्यै भएको थिएन’, उनी भन्छन्, ‘घरभित्रको अन्न पहिल्यै खाएर सकिइसक्यो। अब खानका लागि अन्न छैन, कसरी गुजारा गर्ने होला रु’ कुमाल परिवारले कृषिलाई नै मुख्य उद्यम बनाएर यहींबाट आएको पैसाले घर खर्च चलाउने गरेको थियो।

‘विगतमा त्यही खेतमा उब्जेको गहुँ वर्षभरिका लागि राखिन्थ्यो र बाँकी बिक्री गरेर घर खर्च चलेको थियो। यो वर्ष भने आगोले सखाप बनाएपछि आफूलाई मात्रै होइन, छिमेकीबाट सापटी लिएको गहुँ पनि फिर्ता गर्न पाइएन’, उनले दुःखेसो पोखे।

गत बिहीबार रुखका हाँगा टुटेर बिजुलीको तारमा परेपछि त्यसैबाट गहुँबालीमा आगो सल्केको स्थानीयको भनाइ छ। आगलागीबाट बाबास्थानका १५ किसानको करिब ११ बिघा जमिनको गहुँबाली जलेर नष्ट भएको थियो।

पसिना चुहाउँदै महिनौं मेहनत गरेर लगाएको बाली खरानी भएपछि पीडामा रहेका तिनै किसान अहिले वस्तुभाउका लागि जलेको गहुँ सङ्कलन गरिरहेका छन्।

तीन बिघा जमिनको गहुँबाली जलेपछि पीडामा रहेका स्थानीय लालबहादुर पुनमगर भन्छन्, ‘बाख्रा, बङ्गुरलगायत वस्तुभाउका लागि होला भनेर खरानीसहितको जलेको गहुँ बटुलिरहेका छौं । अघिल्लो पटक ४० क्विन्टल गहुँ बिक्री गरेकोमा यसपटक वस्तुभाउका लागि खरानी बटुलेर बस्नुपरेको छ।’

आगलागीबाट जोगिएको एक बिघा जमिनबाट मात्रै यो वर्ष ३० क्विन्टल गहुँ उत्पादन भएको उनको भनाइ छ। लालबहादुरले बाख्रा, भैंसी र बङ्गुरपालन पनि गरेका छन्। तीन बिघा जमिनको गहुँ खरानी बनेपछि बाख्रा, भैंसी र बङ्गुरपालनमा पनि धक्का लागेको उनको गुनासो छ।

‘गहुँ त जल्यो, जल्यो, वस्तुभाउका लागि भुसा पनि रहेन। चौपायालाई कसरी पाल्ने भन्ने चिन्ता छ’, उनले भने, ‘आगो लागेको दस मिनेटमै पूरै बाली जलेर खरानी भयो। दमकल नआएको भए बाबास्थान बजार पनि जल्थ्यो’, लालबहादुरको बुझाइ छ।

बाली भित्र्याउने समयमा परेको विपत्ति परेपछि पीडामा रहेका किसान क्षतिको मूल्याङ्कन गरी सरकारले राहत उपलब्ध गराउने अपेक्षामा छन्।पीडित किसानले स्थानीय पालिकामा क्षतिको विवरण पनि बुझाइसकेका छन्। दोधारा चाँदनी नगरपालिकाले राहतस्वरुप प्रत्येक किसानलाई तत्काल पाँच हजार वितरण गरेको छ। रासस

 

  • किसानका पीडा
शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप
चाडपर्वअघि अत्तरिया बजारमा अनुगमन तीव्र
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.