• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

रासायनिक मल हाल्न ड्रोन

  •   शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित

पुष्पराज जोशी/ कैलाली- युट्युब तथा सामाजिक सञ्जालमार्फत् विदेशमा खेतबारीमा मल तथा विषादी छर्न ड्रोन प्रयोग गरेको देखेका बेलौरी–६ रिछाहा कञ्चनपुरका किसान खडक चौधरी भने आफ्नै बारीमा ड्रोनबाट युरिया मल छर्किदिएको देख्दा मक्ख थिए।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रद्वारा परीक्षण गर्न खडकको एक बिघा जमिनमा रोपिएको मकैमा ड्रोनमार्फत् युरिया मल छर्किएको हो।

युट्युवमार्फत् विदेशमा ड्रोनबाट मल तथा विषादी हालिएको देखेको बताउँदै चौधरीले भने, ‘आज मेरै जमिनमा लगाइएको मकैमा युरिया मल ड्रोनबाट हालिएको छ।’ एक बिघा जमिनमा लगाइएको दश पाते भइसकेको मकैको बोटमा मान्छे लगाएर युरिया मल हाल्दा दुर्ई दिन लाग्ने गरे पनि ड्रोनबाट युरिया छर्किदा ६ मिनेट ४० सेकेन्डमै सकिएको उनले बताए । उनले भने, ‘एक बिघा जमिनमा यति चाँडै मल छर्किन सकिने यो प्रविधिले कृषकलाई हौसला थपिएको छ।’

ड्रोनबाट विषादी तथा मल छर्किदा मानव स्वास्थ्यमा जोखिम नहुने बताउँदै बेलौरी बहुउद्देश्यीय कृषि सहकारी संस्थाका अध्यक्ष सन्तोष चौधरीले भने, ‘किसान आफैंले विषादी तथा मल छर्कंदा त्यसको प्रत्यक्ष असर खेतबारीमा छर्कने किसानको स्वाथ्यमा पनि पर्छ। ड्रोन प्रयोग गर्दा मानव स्वास्थ्यमा त्यस्तो असर नपर्ने भयो।’

मानव स्वास्थ्यका लागि पनि ड्रोन प्रविधि अति उपयुक्त रहेको उनी बताउँछन्। ‘मानिसको कदभन्दा अग्ला बाली तथा बोटविरुवामा विषादी तथा रासायनिक मल छर्कन मान्छेको हातले नभ्याउने हुन्छ,’ उनले भने, ‘अग्ला बालीहरूमा त ड्रोन अति नै उपयुक्त हुँदो रहेछ।’

ड्रोन प्रयोग गर्दा समय कम लाग्ने, स्वास्थ्यमा असर नपर्ने र कम मल तथा विषादी लाग्ने गरेको उनी बताउँछन्। विदेशतिर मात्रै देखिएको यो प्रविधिलाई नेपालमा किसानको सहज पहुँचमा पुगाउन सकेमा कृषितर्फ युवाहरू आकर्षित हुन सक्ने उनी बताउँछन्।

‘त्यही प्रविधिसँग विदेशमा यहाँका युवा कृषि क्षेत्रमा काम गर्दै आएका छन्,’ उनले भने, ‘त्यही प्रविधि नेपालमा भएमा विदेशमा सिकेको सीपलाई स्वदेश फर्केका युवाहरू यहीँ कृषिमा आकर्षित हुन सक्छन्।’

नार्क अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ड्रोनबाट वसन्ते मकै बालीमा झोलवाला युरिया मल छर्केर परीक्षण सुरु गरेको हो।

कञ्चनपुरको पुनर्वास र बैलौरी नगरपालिकामा लगाइएको बसन्ते मकै बालीमा ड्रोनको माध्यमले झोलवाला युरिया मल छर्किएर प्रविधि परीक्षण गरिएको हो। ड्रोनबाट युरिया तथा विषादी हाल्दा कुनै पनि बोट विरुवा नछुट्ने र स्वयम् व्यक्तिले हाल्दा हुने जोखिम पनि घटाउने अपेक्षा गरेको किसान बताउँछन्।

ड्रोनमा रासायनिक मल हाल्ने १६ लिटर क्षमताको ट्यांकी जडान गरिएको बताउँदै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डाक्टर श्रीप्रसाद विष्टले भने, ‘ड्रोनको माध्यमले एक विघा क्षेत्रफलमा विषादी छर्किन ६ देखि १० मिनेटसम्म समय लाग्छ। यो प्रविधिमार्फत् विषादी छर्किंदा ९० प्रतिशत प्रभावकारिता बढ्नुका साथै लागतमा पनि ३० प्रतिशत कमी हुने गर्छ।’

रासायनिक मलका कारणले माटो र पानीलाई असर गरिरहेको अवस्थामा तरल रासायनिक मल ड्रोनबाट प्रयोग गर्दा वातावरणमैत्री हुनुका साथै कम लागतमा बढी फाइदा हुने गरेको उनी बताउँछन्। ड्रोनबाट युरिया मल छर्किने प्रविधि कञ्चनपुर हुँदै कैलाली, बर्दिया बाँके, दाङ र कपिलवस्तु जिल्लाका विभिन्न पालिकामा परीक्षण गरिने बताइएको छ।

 

  • मल हाल्न ड्रोन
शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.