धनगढी-बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मत गणना जारी छ । एमालेलाई पछि पार्दै अग्रता बनाएका कांग्रेस उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणम अनुसार नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ८ हजार ४ सय ६ मत प्राप्त गरी अग्रस्थानमा छन् । एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ८ हजार १ सय ६५ मत ल्याएर दोस्रो स्थानमा छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले ३ हजार १ सय १३ मत ल्याएर तेस्रो स्थानमा छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार २ सय ६६ मत प्राप्त गरेका छन् ।













