धनगढी । खप्तडमा शुक्रबारबाट साइकल यात्रा सुरु भएको छ ।
खप्तड क्षेत्रको पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसारका लागि साइकल यात्रा सुरु गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाई कार्यालयले जनाएको छ ।
डडेल्धुराको अमरगढी किल्लाबाट शुरु भएको साइकल यात्रामा राष्ट्रिय अन्तरराष्ट्रिय गरी ४० जना बढीको सहभागिता रहेको कार्यालयका निमित्त प्रमुख डबलबहादुर बोहराले बताए ।
खप्तडको पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसार गर्न साइकल यात्राका लागि चालू आर्थिक वर्ष २०८०÷८१ मा रु. १० लाख बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ ।
सो साइकलयात्रा डडेल्धुराको अमरगढी किल्लादेखि खप्तडको त्रिबेणी धामसम्म गरिने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई कार्यालयले जनाएको छ ।













