• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • ९. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै

  •   शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित

लम्की- पश्चिम नेपालका मुक्त कमैयाहरूको संस्था मुक्त कमैया समाज नेपालको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीको लम्कीमा हुने भएको छ । लम्की चुहा नगरपालिका–१ स्थित मुक्त कमैया एकता शिविरमा आयोजना हुने सम्मेलनको तयारी पूरा भएको र शनिबार एक समारोहका बचि सम्मलेन शुभारम्भ हुने अध्यक्ष पशुपति चौधरीले जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको पहिलो शनिबार उद्घाटन हुने र दोस्रो दिनको बन्दशत्रबाट नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको उनले बताए । सम्मेलनमा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर गरी पाँच जिल्लाका पाँच हजार प्रतिनिधि सहभागी हुनेछन् ।

मुक्तकमैया, कम्लरी र हलियाको पुनर्स्थापनाका लागि सुदूरपश्चिम सरकारले केही सयमअघि कार्यविधि पास गरेकाले यो पटक उत्साहको सम्मेलन हुने र सम्मेलनमार्फत प्रदेश सरकारलाई धन्यवाद दिनुका साथै कार्यविधि कार्यान्वयनका काम तत्काल अगाडि बढाउन अपिल गर्ने योजना रहेको चौधरीको भनाइ छ ।

“मुक्त कमैया समाजले कमैयाको जीविकोपार्जन, आयआर्जन, रोजगारीका साथै सुरक्षा र अधिकारको सवालमा तीनै वटै तहका सरकारसँग पैरवी गर्ने, समन्वय गर्ने काम गरी रहेको छ”, अध्यक्ष चौधरीले भने,“प्रदेश सरकारको निर्णयबाट हाम्रो मिहेनत र पहलकदमीले सार्थकता पाएको अनुभूति भएको छ । सम्मेलनले पुनर्स्थापनाका बाँकी काम टुङ्ग्याउने ‘म्याण्डेट’ सहित नयाँ नेतृत्व चयन गर्नेछ । जसबाट हाम्रो आन्दोलनले नयाँ उचाई दिने अपेक्षा छ ।”

पुस्तौँदेखि बँधुवा मजदुरसरह जीवन बिताउँदै आएका कमैयालाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५७ साल साउन २ गते मुक्त घोषणा गरेको थियो । मुक्त घोषणा गरेको २३ वर्ष पुग्दासमेत पूर्णरुपमा पुनर्स्थापनाका काम नभएका र सम्मेलनले ति कार्यभार पूरा गर्न दबाब सिर्जनाका लागि महत्वपूर्ण सन्देश प्रवाह हुने अधिकारकर्मी अधिवक्ता बालकृष्ण भट्टराईले बताए ।

“पहिलो उपलब्धि मुक्त कमैयाको लागि स्वतन्त्र हुनु नै हो । साहु महार्जनको ऋण मिनाहा हुनु, जमिनको स्वामित्व पाउनु, राज्यका निकायसँग पहुच पुग्नु कमैया मुक्तिपछिका उपलब्धि हुन्”, अधिवक्ता भट्टराईले भने,“करिब ९० प्रतिशत कमैयाको व्यवस्थापन र पुनर्स्थापनाका काम सम्पन्न भइसकेका छन् अब बाँकी रहेका १० प्रतिशत मुक्त कमैयाको व्यवस्थापन जरूरी छ । सम्मेलनले त्यसमा नयाँ रणनीतिसहित सहकार्यको स्थिति बनाउनेमा हामी आशावादी छौँ ।”

अधिकांश मुक्त कमैयाको नाममा जग्गा नापी भएको तर लालपुर्जाको मालपोतमा अभिलेख नभएको, केहीको तथ्याङ्क सङ्कलनको क्रममा नाम छुटेकाले उनीहरुलाई परिचयपत्र उपलब्ध गराउनुपर्ने, मुक्त कमैया र कम्लहरीको रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

मुक्त कमैया समाजका अध्यक्ष चौधरीका अनुसार कैलालीमा अझै एक हजार पाँच सय र कञ्चनपुरमा सात सय छुट मुक्त कमैया रहेका छन् । लुम्बिनी र सुदूरपश्चिमका पाँच जिल्लामा ३२ हजार पाँच सय नौ घरपरिवार मुक्त कमैया रहेका छन् ।

तीमध्ये २५ हजार एक सय ९५ घर परिवारले पाँच धुरदेखि १० कठ्ठासम्म जग्गाको लालपूर्जा पाएका छन् भने छ सय ६१ घरपरिवारको हातमा जग्गा पूर्जा भए पनि जग्गा छैन । एक सय ७३ घरपरिवारलाई लगतबाट नाम हटाएको र दुई हजार तीन सय ७५ घरपरिवारलाई पुनर्स्थापना गर्न बाँकी रहेका मुक्त कमैया समाजले जनाएको छ । रासस

 

  • मुक्त कमैया समाज
शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप
चाडपर्वअघि अत्तरिया बजारमा अनुगमन तीव्र
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.