धनगढी । कैलालीको चुरे गाउँपालिकाले २७ जना एचआईभी एड्स संक्रमितको पहिचान गरेको छ ।
गाउँपालिकाले ६ वटै वडामा खोजपड्ताल गरी २७ जना नयाँ एचआईभी एड्स संक्रमितको पहिचान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोहराले पहिचान गरिएका नयाँ एचआईभी संक्रमितका बालबालिकालाई माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको बताए । उनले नयाँ एचआईभी एड्स संक्रमितलाई कम्मल वितरण गरिनुका साथै मासिक रु. एक हजार भत्ताको समेत गाउँपालिकाले प्रदान गर्ने व्यवस्था मिलाएको जानकारी दिए ।













