• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कैलालीका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरमा वृद्धि

  •   बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित

सुदूरपश्चिम- अङ्ग्रेजी माध्यममा पठनपाठन हुन थालेपछि बढेको आकर्षणसँगै कैलालीका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढेको छ । अङ्ग्रेजी माध्यममा पठनपाठन, सिकाइ प्रक्रियामा प्रविधिको प्रयोग, विद्यालयमा पठनपाठन पनि चुस्त दुरुस्त बन्दै गएकाले पनि सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको रुचि बढेको पाइएको छ ।

“कतिपय सामुदायिक विद्यालयमा प्रविधिको प्रयोग गरेर सिकाइ गरिँदा पनि अभिभावक विद्यार्थीको रुचि बढेको छ”, धनगढीस्थित धनगढी नमुना उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त भट्टले भने, “भर्ना गराउन पहिले बोडिङ स्कुल खोज्दै हिँड्ने अभिभावक हाल सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराइरहनुभएको छ ।” विद्यालय शिक्षालाई स्थानीय तहमा हस्तान्तरण गरिएपछि विद्यालयको अनुगमन निरीक्षणको पाटो पनि बलियो हुँदै गई विद्यालय भर्ना बढेको पाइएको धनगढीवासी यज्ञराज जोशीले बताए ।

विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीको चाप बढ्न थालेपछि धेरै विद्यालयले भर्ना गर्दा प्रवेश परीक्षा पनि लिइरहेका छन् । विद्यार्थीको चापसँगै कतिपय विद्यालयमा कक्षाकोठालगायतका भौतिक पूर्वाधारको अभाव सिर्जना हुनुका साथै विद्यार्थी सङ्ख्या बढे पनि शिक्षक दरबन्दी नथपिँदा कार्यरत शिक्षकको कार्यबोझ बढेको प्रधानाध्यापकको भनाइ छ । सरकारले गरिब एवम् पिछडिएको समुदायका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउन थालेपछि पनि यी विद्यालयमा विद्यार्थी भर्ना दर बढेको बताइएको छ ।

सरकारले खासगरी विपन्न, अपाङ्गता भएका, दलित, पिछडिएका वर्ग समुदायका बालबालिको शिक्षामा पहुँच पुर्‍याउन र विद्यालयको भर्ना दर बढाउन छात्रवृत्तिको व्यवस्था गरेको छ । अत्तरियास्थित सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयका संस्थापन मानबहादुर साउद छात्रवृत्ति वितरण कार्यक्रमले विद्यालयको भर्ना दर पहिलेको भन्दा तीन गुणाले बढेको बताए । यो विद्यालयमा अपाङ्गता भएका बालबालिको पठनपाठन हुँदै आएको छ । विद्यालय शिक्षा बाहिर रहेका बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने लक्ष्यले सरकारले बर्सेनि विद्यालय भर्ना अभियान गरिरहेको हो ।

शिक्षा क्षेत्रको समन्वयकारी भूमिका निर्वाह गरिरहेको शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख वैकुण्ठ सुवेदीले पालिका तहको सरकारले आफ्नो पालिका क्षेत्रका विद्यालयसँग समन्वय गरेर विद्यालय शिक्षा बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

बर्सेनि विद्यालय भर्ना अभियान सञ्चालन हुने गरे पनि कतिपय समुदायका परिवार अझै पनि आफ्ना बालबालिकालाई विद्यालय पठाउनमा इच्छुक नदेखिने गरेको बताइन्छ । “कतिपय समुदायका परिवारले अझै पनि आफ्ना बालबालिकालाई स्कुल पठाउन नमानिरहेको अवस्था पनि देखिन्छ”, सुवेदीले भने ।

कैलाली जिल्लामा रहेका सामुदायिक विद्यालयमध्ये कतिपय विद्यालयलाई पालिका तहले एक आपसमा गाभेको छ । वि.सं.२०७५ सम्म जिल्लाभरि पाँच सय ७१ सामुदायिक विद्यालय रहेकोमा पछिल्लो केही वर्षदेखि कतिपय विद्यालय आपसमा गाभिएको पाइएको एकाइ प्रमुख सुवेदीले बताए । विद्यालय शिक्षालाई चुस्त दुरुस्त एवम् शैक्षिक गुणस्तरमा सुधार ल्याउन एकापसमा गाभ्ने काम भइरहेको बताइन्छ । रासस

  • भर्ना दरमा वृद्धि
बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.