• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज १५, २०८३
☰
बिहिबार, असोज १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

सुदूरपश्चिममा ठूला योजना बजेटको पर्खाइमा

  •   शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुलसँगै पहुँच मार्गको काम ९५ प्रतिशत सकिएको छ । पुलसँगै पोखरी निर्माणअन्तर्गत तटबन्ध बनाउन महाकाली पुल योजना कार्यालयले ‘भेरिएसन अर्डर’का सडक विभागमा फाइल पेस गरेको छ । फिल्डमा निर्माण व्यवसायीले काम गरिरहेका भए पनि काम गरेबापत दिनुपर्ने रकम भने योजना कार्यालयसँग उपलब्ध छैन ।

तीन अर्ब ६६ करोडभन्दा बढी लगानीमा निर्माणको अन्तिम चरणमा रहेको महाकाली नदीको पक्की पुल सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी लगानीको आयोजना पनि हो । तर पछिल्लो समय ‘भेरिएसन अर्डर’बारे मन्त्रिपरिषद बैठकले समयमै निर्णय नगर्दा आयोजना निर्माण अवधि धकेलिँदै गएको छ ।

महाकाली पुल योजना कार्यालयका सूचना अधिकृत इन्जिनियर कपिलप्रसाद पन्तले चालु आवमा पुल निर्माणका लागि ३५ करोड विनियोजन गरिए पनि सकिएको बताए । “निर्माण व्यवसायीले फिल्डमा काम गरिरहेका छन् तर हामीसित उनीहरुलाई दिन पैसा छैन”, उनले भने।

पुल निर्माण कम्पनी ‘कुमार श्रेष्ठ सिएफइसी जेभी’का इन्जिनियर किशोरराज पाण्डेले पुल निर्माणको काम भिओलगायतका अल्झनकै कारण ढिलाइ भइरहेको बताए । “यसअघि काम गरेको रकम पाइए पनि अहिलेको कामको रकम पाउन सकिएको छैन,” उनले भने, “पुल निर्माणको समयावधि लम्बिँदै जानुमा हाम्रो दोष छैन ।” महाकाली पुल सुदूरपश्चिमको व्यापारिक नाका बनाउने महत्वाकांक्षी योजना हो ।

त्यसै गरी महाकाली पुलसितै जोडेर कञ्चनपुरलाई नेपाल–भारत र चीनको त्रिदेशीय नाका बनाउने भनिएको अर्को महत्वपूर्ण आयोजना महाकाली करिडोर पनि रकम अभावले कछुवा गतिमा छ । कञ्चनपुरदेखि दार्चुलाको उत्तरी नाका तिंकरसम्म जोड्ने योजनाअनुरुप अघि बढेको महाकाली करिडोरलाई गत फागुनयता रकम अभाव भएको छ । “चैतको अन्तिमतिर पाँच करोड उपलब्ध भएको थियो”, महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले भने, “झण्डै १६ करोड त काम गरेकै भुक्तानी तिर्न बाँकी छ ।”

चालु आवको अन्तिमसम्म काम गर्न आयोजनालाई २० करोडदेखि २५ करोड रकम आवश्यक पर्ने उहाँले बताउनुभयो । रकमका लागि माथिल्लो निकायमा माग गरिए पनि सुनुवाइ नभएको प्रमुख जोशीको भनाइ छ । कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने करिडोरअन्तर्गत हाल साना र ठूला गरी २० वटा ठेक्कामार्फत् कामको बाँडफाँट गरिए पनि बजेट अभावका कारण काम सकेर पनि रकम उपलब्ध गराउन नसक्ने अवस्था छ । चालु आवमा योजनाका लागि सरकारले विनियोजन गरेको २९ करोड ६५ लाख रकम माघ महिनामै सकिएको हो ।

“गत वर्ष ४० करोड बजेट हुँदा पनि अन्त्यतिर त्यो सकिँदा तत्काल बजेट थप भएको थियो”, उनले भने, “चालु आवमा उस्तै पनि बजेट कम, त्यही माथि माग गर्दासमेत आएको छैन ।” तीन सय १३ किलोमिटर लम्बाइ रहेको महाकाली करिडोरअन्तर्गत दार्चुलाको तुसारपानीदेखि तिङ्करसम्मको ७९ किलोमिटर खण्ड हाल नेपाली सेनाले निर्माण गरिरहेको छ ।

त्यस्तै कञ्चनपुर र कैलालीमा निर्माणाधीन हुलाकी सडकमा गत फागुनयता बजेट अभाव हुँदा निर्माणको गति सुस्त छ । कैलालीमा ६ र कञ्चनपुरमा दुई प्याकेज गरी यहाँ आठ प्याकेजमा हुलाकी सडक निर्माण भइरहेको भएपनि निर्माण कम्पनीले काम गरिसकेको अवस्थामा पनि बजेट अभाव रहेको छ ।

त्यसैगरी कैलालीमा लम्की-टीकापुरदेखि खक्रौला नाकासम्मको २९ किलोमिटर हुलाकी सडकमध्ये लम्कीदेखिको पहिलो आठ किलोमिटर सडक गत वर्ष सकिएको थियो । बाँकी दुई प्याकेजमा काम भइरहेको भए पनि बजेट अभावले निर्माण गति सुस्त रहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर वर्ख कडायतले जानकारी दिए ।

त्यसैगरी धनगढीको क्याम्पस रोडदेखि सत्तीसम्मको ६९ किलोमिटर खण्ड चार प्याकेजमा निर्माण भइरहेको छ । उक्त खण्डमा पर्ने कटनी खोलादेखि भजनीको कान्द्रा नदीसम्मको १८ किलोमिटर खण्ड डेढ वर्षअघि नै निर्माण भइसकेको उहाँले जानकारी दिए ।

“फागुनयता आयोजनामा बजेट नै छैन”, उनले भने, “चालु आवमा आएको ३९ करोड रकम सकिएको छ ।” इन्जिनियर कडायतका अनुसार बजेट अभावमा पनि निर्माण कम्पनीले काम गरेको २० करोडभन्दा बढी रकम तिर्न बाँकी छ । “थप बजेट माग गरेको फाइल अर्थ मन्त्रालयमा पेस भइसकेको छ”, उनले भने, “तर बजेट प्राप्त भएको अवस्था छैन ।” गत वर्ष आयोजनाका लागि ६५ करोड बजेट आए पनि चालु आवमा भने बजेट घटेर आएको थियो । रासस

  • बजेटको पर्खाइमा
शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप
चाडपर्वअघि अत्तरिया बजारमा अनुगमन तीव्र
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

धनगढीमा जेई खोप अभियान: ४९ हजार ९१४ जनाले लगाए खाेप

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ५.
    कैलालीमा जेई खोप अभियान : ८६ हजार

  • ६.
    कैलालीमा जेई खोप अभियान : ७८ हजार

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.